
शोणितपुर (असम), 09 अगस्त (हि.स.)। शोणितपुर जिल्ला मुख्यालय शहर तेजपुरमा 10 अगस्तको दिन 'जेल भरौं आन्दोलन' गर्ने योजना बनाइएको छ। यस कार्यक्रमको उद्देश्य केन्द्रको भाजपा नेतृत्वाधिन सरकारको कथित मजदुर-किसान विरोधी नीतिलाई लिएर जनमत सङ्ग्रह गर्नु हो जसको लागि सीआईटीयू, अखिल भारतीय किसान सभा औ किसान श्रमिक यूनियनले सारा देशभरि नै 10 अगस्तको दिन 'जेल भरौं कार्यक्रम आयोजना गर्ने आह्वान गरेको छ। यो कार्यक्रम सारा देशसँगसँगै शोणितपुरको तेजपुरमा पनि आयोजना गरिनेछ। उक्त जेल भरौं आन्दोलनमा शोणितपुरको सबै स्तरका मजदूर, किसान औ विद्यार्थीहरूलाई सामेल हुने आह्वान सीआईयीटूका नेताहरूले गरेका छन्। यस आशयको जानकारी सीआईयीटूको स्थानीय एकाईले गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा