
कोलकाता, 09 अगस्त (हि. स.)। भूमि भ्रष्टाचार मामिलामा जाँचबुझ गर्नको लागि अभिषेक ब्यानर्जीका निकटवर्ती सहायक सुमित राय आइतवार दोस्रो दिन पनि भवानी भवनस्थित सीआईडी कार्यालयमा पुगे। उनलाई बिहान 10 बजे उपस्थित हुने निर्देश दिइएको थियो, तर उनी त्यस अगावै 9:45 बजी नै उनी कार्यालयमा पुगे। पत्रकारहरूको प्रश्नको उनले जवाफ दिएनन्। उनी सोझै भित्र प्रवेश गरे।
सीआईडीले गत शुक्रवार न्यू अलिपुरस्थित सुमित रायको आवासमा नोटिस दिएर शनिवार भवानी भवनमा उपस्थित हुने निर्देश दिएको थियो। शनिवार लगभग 10 बजी पुगेका सुमितसित लगभग 10 घण्टासम्म जाँचबुझ गरियो। उनी राति लगभग 8 बजी सीआईडी कार्यालयदेखि बाहिरिए। उनलाई आइतवार पनि जाँचबुझको लागि बोलाइयो।
भूमि भ्रष्टाचार मामिला बाहेक सुमित रायमाथि नोकरी भ्रष्टाचारसित सम्बन्धित आरोपहरू पनि लगाइएको छ। जाँच एजेन्सीको पक्षबाट कैयौं पटक जाँचबुझको लागि बोलाइएको भए पनि उनी उपस्थित नभएको थाहा लागेको छ। उनले पक्राउदेखि राहतको माग गर्दै कलकत्ता उच्च न्यायालय औ उच्चतम न्यायालयको ढोका ढक्ढकाएका थिए।
भूमि भ्रष्टाचार मामिलामा कलकत्ता उच्च न्यायालयले पछिल्लो सोमवार उनको अग्रिम जमानत याचिकालाई खारेज गरिदिएको थियो। तथापि नोकरी भ्रष्टाचार मामिलामा उनलाई सशर्त अग्रिम जमानत प्राप्त भएको थियो। उच्च न्यायालयले उनलाई दश दिनभित्रमा जाँच अधिकारी समक्ष उपस्थित हुने निर्देश दिएको थियो।
त्यसपछि बिहिवार उच्चतम न्यायालयले भूमि भ्रष्टाचार मामिलामा अघिल्लो सुनवाई नहुञ्जेलसम्म सुमितको पक्राउमाथि रोक लगाइदियो। तथापि प्रधान न्यायाधीश सूर्यकान्त, न्यायमूर्ति जयमाल्य बागची र न्यायमूर्ति वी. मोहनाको पीठले स्पष्ट पाऱ्यो, उनले जाँचमा सहयोग गर्नुपर्छ। न्यायालयले बिहान 10 बजेदेखि साँझ 6 बजीसम्म जाँचबुझ गर्ने अनुमति दिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा