'नागमणि' को बहानामा नेपाली नागरिकलाई 3 लाख रुपियाँ ठग्ने बदमाश पक्राउ
पुलिस हिरासत पर ठगी करने वाला युवक


लखीमपुर खेरी, 09 अगस्त (हि.स.)। 'नागमणि' दिने नाममा नेपाली नागरिकलाई लाखौँ रुपियाँ ठग्ने एक जना कुख्यात अभियुक्तलाई उत्तर प्रदेशको लखीमपुर खीरी जिल्लाको पादुवा पुलिस थानाले आइतवार बिहान पक्राउ गरेको छ। पुलिसले अभियुक्तबाट 3 लाख रूपियाँ नगदी जफत गरेको छ। पुलिसले अभियुक्त विरुद्ध भारतीय दण्ड संहिताको सम्बन्धित धारा अन्तर्गत मुद्दा दर्ता गरेको छ र उसलाई अदालतमा पेश गर्ने तयारी गरिरहेको छ।

नेपालको ललितपुर जिल्लाका बासिन्दा कृष्ण पहरी, गोर्खा जिल्लाका अर्जुन र तनहु जिल्लाका भक्तबहादुर विकले शनिवार (08 अगस्त) पटुवा पुलिस थानामा लिखित उजुरी दिएका थिए। निघासन पुलिस थाना क्षेत्रको हरसिंहपुरका बासिन्दा कमलेश कुमार र उनका केही अज्ञात सहयोगीहरूले उनीहरूलाई दुर्लभ 'नागमणि' को प्रलोभन दिएर लाखौँ रुपियाँ ठगेको पीड़ितहरूले आरोप लगाएका छन्। उजुरीको आधारमा पुलिसले तुरुन्तै धारा 318 (4) र 317 (2) बीएनएस अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गऱ्यो।

आइतवार बिहान लगभग 7ः47 बजी खबरीबाट प्राप्त विशेष सूचनाको आधारमा पुलिसले मल्लबिहार दुलही पुल नजिकै घेरा हालेर मुख्य अभियुक्त कमलेश कुमारका छोरा राम असरेलाई (34) पक्राउ गरेको छ। पुलिसले अभियुक्तदेखि 3 लाख रूपियाँ नगद जफत गरेको छ। पुलिस अधिकारीहरूले बताए, अभियुक्तका अन्य फरार सहयोगीहरूलाई पनि चाँड़ै पक्राउ गरी कानूनी कारबाही पूरा गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande