
गान्तोक, 09 अगस्त (हि.स.)। विद्या भारती अखिल भारतीय शिक्षा संस्थानको तत्वावधानमा नोएडाको सेक्टर १२ स्थित भाऊराव देवरस सरस्वती विद्या मन्दिरमा ८ र ९ अगस्तमा दुईदिने प्रचार विभाग तथा अभिलेखागार बैठक सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा विद्या भारती अखिल भारतीय संगठन मन्त्री गोविन्द चन्द्र, वरिष्ठ अधिकारी देशराज शर्मा, ललित बिहारी गोस्वामी र सुधाकर रेड्डीको मार्गदर्शन प्राप्त भयो। कार्यक्रममा देशभरिबाट आएका कार्यकर्ताहरूले सहभागिता जनाएका थिए। पूर्व क्षेत्रअन्तर्गत सिक्किम प्रान्तका प्रचार संयोजक सूर्य धितालले पनि कार्यक्रममा सहभागिता जनाएका थिए।
दुईदिने विमर्शको मुख्य उद्देश्य सनातनसँग सम्बन्धित विषयवस्तुलाई समयअनुकूल बनाउँदै आधुनिक प्रविधि तथा डिजिटल मिडियाको माध्यमबाट समाजसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्नु रहेको थियो। बदलिँदो वैश्विक परिवेशमा सामाजिक सञ्जालको प्रभावबारे गहन छलफल गर्दै सनातन विमर्शलाई युवा पुस्ताले बुझ्ने भाषा र आधुनिक प्रविधिमार्फत प्रस्तुत गर्न विभिन्न रणनीतिक प्रस्तावहरू तयार गरिएको थियो।
यसका साथै संगठनका गतिविधि तथा विचारहरूलाई प्रामाणिक रूपमा प्रस्तुत गर्न प्रभावकारी समाचार लेखन तथा विद्या भारतीको इतिहास र महत्वपूर्ण दस्तावेजहरूलाई अभिलेखागारमार्फत डिजिटल रूपमा सुरक्षित राख्ने विषयमा विशेष जोड दिइएको प्रान्त प्रचार संयोजक सूर्य धितालले बताए।
---------------
हिन्दुस्थान समाचार / बिशाल