
पूर्व बर्दवान, 09 अगस्त (हि.स.)। पश्चिम बङ्गालको पूर्व बर्दवान जिल्लास्थित मङ्गलकोटमा आइतवार बिहान एकजना महिलाको क्षत-विक्षत तथा निर्वस्त्र शव उसको घरदेखि केही टाड़ामा भेटियो। यस घटनापछि क्षेत्रमा सन्त्राष फैलिएको छ। महिलाको अनुहारमा गम्भीर चोटको निशान थियो भने अनुहारलाई बोराले ढाकेको थियो। शहीरभरि चोटै-चोट पाइएको छ। मृत महिलाको पहिचान अपर्णा दास (33)- को रूपमा भएको छ जो मङ्गलकोटको खुदरून गाउँकी निवासी थिइन्। उनका पति बापन दास र 16 वर्षीय छोरी शुभ दास दुवै प्रवासी मजदुर हुन्। परिवार अनुसार अपर्णा घरमा एक्लै बस्दै आएकी थिइन्। पुलिसले आरोपी नन्दलाई हिरासतमा लिएको छ।
आफन्तहरूको आरोप छ, महिलाको धारिलो हतियारले प्रहार हत्या गरिएको छ।
पुलिस अनुसार स्थानीय युवक राजू दाससित अर्पणाको कथित सम्बन्धलाई लिएर विवाद भइरहेको थियो। यसैबीच आरोपी नन्द कुसमेटे (38)-ले कथित रूपमा अर्पणा समक्ष सम्बन्ध बनाउने प्रस्ताव राखेको थियो जसलाई तिनले स्वीकार गरिनन्। आरोप छ, यसै विवादको कारणले गए शनिवार राती नन्दले मातेर अर्पणामाथि धारिलो हतियारले प्रहार गऱ्यो।
घटनाको सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो।
पुलिस सूत्र मुताविक प्रारम्भिक जाँचबुझमा नन्दले हत्या गरेको कुरा स्वीकार गरेको छ। तथापि पुलिसले मामिलाको जाँच गरिरहेको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा