
सिलगढ़ी, 09 अगस्त (हि.स.)। दार्जिलिङ जिल्लाको नक्सलबाड़ीस्थित दयारामजोत क्षेत्रमा भएको एउटा घटना आइतवार प्रकाशमा आयो। आरोप छ, एउटा घरमा चोरी गर्ने प्रयास गर्दा एकजना युवकको खुट्टा ग्रिलमा फस्यो। त्यसपछि घरका मानिसहरूले भोर बिहान समाते। हेर्दा-हेर्दै घटनास्थलमा भीड़ एकत्र भयो। मानिसहरूले उक्त युवकलाई निर्दयता पूर्वक कुटपिट गरे।
पछि गम्भीर अवस्थामा पुलिसको उपस्थितिमा उसलाई नक्सलबाड़ी ग्रामीण अस्पतालमा भर्ती गराइयो जहाँ उपचारको क्रममा उसको मृत्यु भयो। मृतकको पहिचान सूरज उराँवको रूपमा भएको छ जो अटल चिया बगानको सातभैया डिभीजनको निवासी थियो।
यस घटनामा पुलिसले कारबाही गर्दै सूरज मलिक र रञ्जन सेनलाई पक्राउ गरेको छ। शवलाई पोस्टमर्टम गर्नको लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पठाएर पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा