महाराष्ट्रको नासिकमा 5 घण्टाभित्रमा भूकम्पको दुई झट्का, मानिसहरू त्रस्त
महाराष्ट्रको नासिकमा 5 घण्टाभित्रमा भूकम्पको दुई झट्का, मानिसहरू त्रस्त


मुम्बई, 09 अगस्त, (हि.स.)। महाराष्ट्रको नासिकमा पछिल्लो ५ घण्टाभित्रमा भूकम्पको दुई वटा झट्काले स्थानीय मानिसहरूमा भयको वातावरण छाएको छ। नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) अनुसार गए शनिवार राती 10 बजे नासिकमा 4.3 तीव्रताको भूकम्प आएको थियो। त्यसपछि आइतवार बिहान 5.33 बजे 3.3 तीव्रताको झट्का महसूस गरिएको छ। जिल्ला प्रशासनको टीमले घटनास्थलको सर्वेक्षण गरिरहेको छ।

जिल्ला कलेक्टर आयुष प्रसादले आइतवार बताए, मानिसहरू डराउने आवश्यकता छैन। कुनै पनि प्रकारको अफवाहमा विश्वास गर्नु हुँदैन। तथापि सबै सतर्क बस्नुपर्छ अनि सुरक्षाको निम्ति उपाय गर्नुपर्छ।

जिल्ला प्रशासनका एकजना अधिकारीले बताए, भूकम्पीय गतिविधि महाराष्ट्र-गुजरात सीमाको छेउमा हटगढ़ पर्वत श्रृङ्खला निकट भानवड़ क्षेत्रमा 5 किलोमीटर गहिराईमा दर्ता गरिएको छ। नासिक शहर सहित जिल्लाका सुरगाणा, कलवण, देवला, चाँदवड़, पेठ, डिण्डोरी औ निफाड़ तालुकामा कतिपय क्षेत्रहरूमा भूकम्पको हल्का झट्का महसूस गरियो जसले गर्दा मानिसहरू डराएर घरबाट बाहिर निक्लिए।

सुरगाणा खण्डको भादर औ डिण्डोरी खण्डको नानाशीमा घरहरूको भित्ता चर्किएको छ, तर कुनै पनि प्रकारको जनहानिभएको समाचार प्राप्त भएको छैन।अधिकारी अनुसार यस क्षेत्रका बाँधहरूको पनि निरीक्षण गरियो, तर कुनै नोक्सान पुगेको छैन। यसअघि नासिक जिल्लामा 25-देखि 28 जुलाई अनि 6 अगस्तमा पनि भूकम्पको झट्का दर्ता गरिएको थियो। त्यसैले यहाँका मानिसहरू भयभित भएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande