सकल जीएसटी राजस्व संकलन अगस्टमा १४.८ प्रतिशतले बढेर लगभग २ लाख करोड रुपियाँ
जीएसटी राजस्व संग्रह के लोगो का प्रतीकात्मक चित्र


नयाँ दिल्ली, 0१ सेप्टेम्बर (हि.स.)। भारतको वस्तु तथा सेवा कर (जीएसटी) राजस्व संकलन अगस्त महिनामा वार्षिक आधारमा १४.८ प्रतिशतले बढेर करिब २ लाख करोड रुपियाँ पुगेको छ। गत वर्ष अगस्तमा कुल जीएसटी राजस्व संकलन १.७४ लाख करोड रुपियाँ रहेको थियो।

जीएसटी महानिर्देशालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार, अगस्तमा सकल वस्तु तथा सेवा कर (जीएसटी) राजस्व संकलन वार्षिक आधारमा १४.८ प्रतिशतले वृद्धि भई १,९९,८५३ करोड रुपियाँ अर्थात् लगभग २ लाख करोड रुपियाँ पुगेको छ। यस अवधिमा शुद्ध जीएसटी राजस्व संकलन १.६८ लाख करोड रुपियाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.३ प्रतिशत बढी हो।

तथ्यांकअनुसार, घरेलु कारोबारबाट प्राप्त जीएसटी राजस्व ९.३ प्रतिशतले बढेर १.३७ लाख करोड रुपियाँभन्दा बढी पुगेको छ। त्यस्तै, आयातबाट प्राप्त राजस्व २९ प्रतिशतले बढेर ६२,६०४ करोड रुपियाँ पुगेको छ।

यसैगरी, अगस्तमा सकल केन्द्रिय जीएसटी (सीजीएसटी) संकलन ३८,४१३ करोड रुपियाँ, राज्य जीएसटी (एसजीएसटी) संकलन ४६,३१६ करोड रुपियाँ र एकीकृत जीएसटी (आईजीएसटी) संकलन १.१५ लाख करोड रुपियाँभन्दा बढी रहेको छ।

जीएसटी महानिर्देशालयका अनुसार, अगस्तमा करदातालाई फिर्ता गरिएको रिफन्ड रकम ६८ प्रतिशतले बढेर ३१,७९५ करोड रुपियाँ पुगेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande