पश्चिम बङ्गालमा वर्षा हुने पूर्वानुमान, केही जिल्लाहरूमा बिजुली चम्किने, वज्रपात हुने चेताउनी
weather


कोलकाता, 1 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालमा मङ्गलवार मौसमको रूप फेरिनेछ। राज्यका केही भागहरूमा बादल लाग्नको साथै वर्षा अनि बिजुली चम्किने सम्भावना छ। भारत मौसम विज्ञान विभागको क्षेत्रीय मौसम केन्द्र, कोलकाताले दक्षिण बङ्गाल तथा गङ्गीय पश्चिम बङ्गालका केही भागहरूमा घना वर्षासितै मेघ गर्जन अनि तीव्र हावा चल्ने चेताउनी दिएको छ।

मौसम विभाग अनुसार आज कोलकाता, हावड़ा, हुगली, उत्तर 24 परगना, दक्षिण 24 परगना, पूर्व मेदिनीपुर, पश्चिम मेदिनीपुर, झाड़ग्राम, बाँकुड़ा, पुरुलिया, नदिया, मुर्शिदाबाद, पूर्व बर्धमान औ पश्चिम बर्धमान समेत दक्षिण बङ्गालका केही जिल्लाहरूमा वर्षा हुनसक्छ। केही स्थानहरूमा मुसलधारे पानी पर्ने, बिजुली चम्किने सम्भावना छ।

उत्तर बङ्गालका दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार, कुचबिहार, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर र मालदामा पनि कतिपय स्थानहरूमा पानी पर्ने सम्भावना छ भने हिमाली जिल्लाहरूका केही स्थानहरूमा घना वर्षा हुनसक्छ।

कोलकाता एवं यस वरपरका ठाउँहरूमा दिनभरि बादलले आकाशलाई ढाकिरहनेछ, रोकिँदै पानी पनि पर्नसक्छ। वर्षाले सड़कहरूमा जलजमाउ तथा यातायात प्रभावित हुने स्थिति उत्पन्न हुनसक्छ।

मौसम विभागले बताएको छ, बङ्गालको खाड़ी र यस वरिपरी विकसित निम्न दबावको प्रभावबाट वर्षाका गतिविधिहरू सृजित भएको हो। यो मौसम प्रणाली आगामी केही दिनसम्म पश्चिम-उत्तर-पश्चिम दिशा तर्फ जानेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande