तामुलपुरकी बालिकाको किडनी प्रत्यारोपमको लागि उपचार भइरहेको छ: मुख्यमन्त्री
तामुलपुरकी बालिकाको किडनी प्रत्यारोपमको लागि उपचार भइरहेको छ: मुख्यमन्त्री


गुवाहाटी, 10 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भनेका छन्, राज्यको प्रत्येक परिवारको समस्यालाई उनले आफ्नो समस्या मान्दछन्। सङ्कटमा सहयोग माग्ने हरेक व्यक्तिलाई सहयोग गर्ने प्रयास गर्दै आएका छन्।

मुख्यमन्त्रीले सोशल मिडियामा तामुलपुरकी एकजना बालिकाको उपचारसित सम्बन्धित जानकारी साझा गर्दै बताए, तामुलपुर जाँदा उनलाई एकजना आमाले आफ्नी छोरीको किडनी प्रत्यारोपण गर्नको लागि मद्दत मागेकी थिइन्।

मुख्यमन्त्रीले भनिन्, बालिकालाई नयाँ जीवन दिनको लागि उसको उपचार भइरहेको छ। उनले आश्वासन दिए, आवश्यकता परे आवश्यकतामा बाँचेका अन्य मानिसहरूलाई पनि सहयोग गर्ने हरसम्भव प्रयास गरिरहनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande