कौशिकी औंसीमा तारापीठमा उर्लियो श्रद्धालुहरूको समुद्र
कौशिकी औंसीमा तारापीठमा उर्लियो श्रद्धालुहरूको समुद्र


वीरभूम, 10 सेप्टेम्बर (हि. स.)। जिल्लाको तारापीठमा भाद्र महिनाको पारम्परिक कौशिकी औंसी मनाइरहेको छ। यस वर्ष 2026-मा कौशिकी औंसीको तिथि 10 सेप्टेम्बर बिहिवार बिहान 10 बजेर 11 मिटनबाट शुरू भएर 11 सेप्टेम्बर शुक्रवार बिहान आठ बजेर 50 मिनटसम्म रहनेछ।

कौशिकी औंसीलाई लिएर प्रत्येक वर्ष देश-विदेशका विभिन्न भागहरूबाट लाखौं श्रद्धालुहरू तारापीठमा आउने गर्दछन्। यस वर्ष पनि औंसीको तिथि शुरू हुन अगावै बिहिवार बिहानदेखिकै तारापीठ मन्दिर परिसरमा श्रद्धालुहरूको घुँइचो देखिरहेको छ। बिहानदेखिकै व्यापक रूपमा भक्तहरू आइरहेकाले तारापीठमा उत्सवको माहोल उत्पन्न भएको छ।

सूत्र अनुसार कौशिकी औंसीको अवसरमा श्रद्धालुहरूको सुरक्षा एवं सुविधालाई मध्यनजर गर्दै मन्दिर समिति तथा पुलिस प्रशासनको पक्षबाट विभिन्न व्यवस्थाहरू गरिएको छ। बिहान माँ तारालाई स्नान गराइएपछि विशेष रूपमा श्रृङ्गार गरियो, त्यसपछि आम श्रद्धालुहरूको लागि मन्दिरको कपाट खोलियो।

औंसीको तिथि शुरू्घिबाटै ठूलो सङ्ख्यामा श्रद्धालुहरू उपस्थित रहेको कारणले तारापीठ भक्तिमय भयो। सम्पूर्ण मन्दिर नगरीमा लगातार श्रद्धालुहरूको ओहोर-दोहोर भइरहेको छ भने ‘जय माँ तारा’- का जयकारहरूले तारापीठ गुञ्जिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande