
नयाँ दिल्ली, 10 सेप्टेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले सत्य निकेतनमा राहत एवं बचाउ अभियानमा जुटेको राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ) को तत्काल, साहसी तथा समन्वित कारबाहीको लागि सम्पूर्ण एनडीआरएफ टीमप्रति दिल्लीवासीहरूको पक्षबाट आभार व्यक्त गरिन्।
मुख्यमन्त्री रेखा गुप्ताले बिहीवार दिल्ली सचिवालयमा एनडीआरएफका वरिष्ठ अधिकारीहरूसित बैठक गरिन्। बैठकमा दिल्लीको लागि एउटा सशक्त तथा आधुनिक स्टेट डिजास्टर इमरजेन्सी रेस्पन्स फोर्स (एसडीईआरएफ) गठन गर्ने विषयमा विस्तारपूर्वक चर्चा गरियो। मुख्यमन्त्रीको निर्देशमा दिल्लीमा एसडीईआरएफ गठन गर्ने प्रक्रिया शुरू गरिएको छ।
मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, यस पहलको उद्देश्य दिल्लीमा एउटा यस्तो प्रशिक्षित, सक्षम औ तत्काल प्रतिक्रिया प्रणाली विकसित गर्नु हो जसले कुनै पनि आपदा वा आपतकालीन स्थितिको प्रभावकारी ढङ्गा सामना गर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा