उच्च न्यायालयले हुगलीमा ममताको ऱ्यालीका लागि सशर्त अनुमति दियो
उच्च न्यायालयले हुगलीमा ममताको ऱ्यालीका लागि सशर्त अनुमति दियो


कोलकाता, १० सेप्टेम्बर (हि.स.)। हुगलीमा तृणमूल कांग्रेसकी प्रमुख ममता ब्यानर्जीको सभालाई कलकत्ता उच्च न्यायालयले केही सर्त सहित अनुमति दिएको छ। यद्यपि अदालतले कुनै पनि जुलुस निकाल्न नपाइने स्पष्ट निर्देश दिएको छ। बिहिवार मुद्दाको सुनवाइका क्रममा न्यायमूर्ति सौगत भट्टाचार्यले कार्यक्रमको समयसीमा सहित अन्य केही सर्त समेत निर्धारण गरेका छन्।

तृणमूल कांग्रेसले आगामी शुक्रवार श्रीरामपुरको माहेशमा एउटा कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ। उक्त कार्यक्रममा पूर्व मुख्यमन्त्री ममता ब्यानर्जी पनि सहभागी हुने बताइएको छ। तृणमूल कांग्रेसले त्यहाँ जुलुस निकाल्ने र त्यसपछि जुलुसको अन्त्यमा सभा गर्ने योजना बनाएको थियो। तर पुलिसबाट अनुमति लिने विषयमा जटिलता उत्पन्न भएपछि मामला उच्च न्यायालय पुगेको थियो।

बिहिवार उच्च न्यायालयले सर्त सहित तृणमूल कांग्रेसलाई सभा आयोजना गर्न अनुमति दिएको छ। साथै न्यायालयले कुनै पनि जुलुस निकाल्न भने नपाइने स्पष्ट गरेको छ।

/ बिशाल


 rajesh pande