माल नगरपालिकाका चेयरम्यान उत्पल भादुड़ीले दिए राजीनामा
माल नगरपालिकाका चेयरम्यान उत्पल भादुड़ीले दिए राजीनामा


जलपाइगढी, 10 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालमा राजनीतिक परिवर्तनपछि विभिन्न नगरपालिका तथा पञ्चायतहरूका जनप्रतिनिधिहरूले राजीनामा दिने सिलसिला यथावत छ। यसै क्रममा जलपाइगढी जिल्लाको माल नगरपालिकाका चेयरम्यान तथा तृणमूल कङ्ग्रेस नेता उत्पल भादुड़ीले पनि बिहीवार आफ्नो पदबाट राजीनामा दिए। उत्पल भादुड़ीले आफ्नो राजीनामालाई व्यक्तिगत फसेला बताए।

15 सदस्यीय माल नगरपालिकामा तृणमूल कङ्ग्रेसको बहुमत भए पनि चेयरम्यानको राजीनामाले राजनीतिक जगतमा खैलाबैला मचाएको छ। बिहीवार बिहान नगरपालिका कार्यालयमा पुगेर उत्पल भादुड़ीले बोर्ड अफ पार्षदको नाममा आफ्नो राजीनामा कार्यकारी अधिकारी चन्द्रशेखर दासलाई सुम्पिए। त्यसपछि उनले एसडीओ उत्कर्ष खण्डेलको कार्यालयमा पनि राजीनामा पत्र जमा गरे।

उल्लेखनीय छ, उत्पल भादुड़ी वर्ष 2009 मा पहिलो पटक पार्षद चयन भएका थिए। पछि उनले उपाध्यक्ष अनि फेरि चेयरम्यानको जिम्मेवारी सम्हाले। उनको राजीनामाको पछाड़ि केही जटिल कारण रहेको चर्चा चलिरहेको छ। राजनीतिक सूत्र मुताविक पूर्व चेयरम्यान स्वपन साहाको कार्यालयकालदेखि नै नगरपालिका केही कथित भ्रष्टाचार अनि कानूनी विवादहरूमा घेरिँदै आएको छ। अदालतको निर्देशमा एसआईटी गठन औ ठेकादारहरूको बाँकी भुक्तान जस्ता मुद्दाहरूको कारणले नगरपालिका सञ्चालन गर्नु चुनौतीपूर्ण रह्यो।

यता दुर्गा पूजा पूर्व नगरपालिकाका श्रमिक तथा अस्थायी कर्चारीहरूको वेतन अनि बोनस भुक्तानको ठूलो आर्थिक दबाव पनि चर्चामा छ। माल नगरपालिकाका एकमात्र भाजपा पार्षद सुशान्त साहको दाबी छ, फण्डको अभाव र पूजापूर्व कर्मचारीहरूको बाँकी वेतन तथा बोनस जस्ता समस्याहरूलाई सुल्झ्याउनमा असमर्थ रहेका कारण चेयरम्यानले राजीनामा दिएका हुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande