
कार्बी आङ्गलोङ्ग (असम), 10 सेप्टेम्बर (हि.स.)। असमको डिफुस्थित माञ्जा नदीको जलस्तर अचानक बढ़ेको कारणले स्थिति गम्भीर भएको छ। नदीको पानी आवासीय क्षेत्रमा पसेपछि सम्पूर्ण क्षेत्र जलमग्न भएको छ जसले गर्दा स्थानीय मानिसहरूलाई विविध समस्याको सामना गर्न परिरहेको छ।
स्थितिलाई मध्यनजर गर्दै एसडीआरएफको टीमले घटनास्थलमा पुगी हिजो रातीदेखि नै बचाउ अभियान शुरू गरेको छ। प्रभावित क्षेत्रहरूमा फसेका मानिसहरूलाई सुरक्षित निकाल्ने प्रयास गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा