
पश्चिम बर्दवान, 10 सेप्टेम्बर (हि.स.)। आसनसोलको कुल्टीस्थित नियामतपुर पुलिस चौकी क्षेत्रमा गए बुधवार राती मुसलधारे पानी परिरहेको समय एउटा मिनी बस दुर्घटनाग्रस्त भएर सड़क किनारमा पल्टियो। दुर्घटनामा एकजना महिला र एकजना बालक घाइते भए। दुवैलाई उपचारको निम्ति अस्पतालमा पठाइएको छ। घटनाका कारण क्षेत्रमा केही समयसम्म कोकोहोलो मचियो। बिहीवार उक्त दुर्घटनाग्रस्त बसलाई क्रेनको सहयोगले बाहिर निकालियो।
जानकारी अनुसार एउटा मिनीबस नियामतपुर पुलिस चौकीको चिनाकुड़ीदेखि रानीगञ्ज तर्फ गइहेको थियो। तीव्र वर्षाबीच अचानक एउटा मोटरसाइकल बस अगाड़ि आयो। मोटरसाइकलाई बचाउने प्रयास गर्दा चालकले बसमाथि नियन्त्रण गुमायो। मिनीबस सड़क किनारको नरम माटोमा अनियन्त्रित भएर पल्टियो।
दुर्घटनापछि खैलाबैला मचियो। दुर्घटनाको सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो। पुलिस र स्थानीयमानिसहरूको सहयोगले बसलाई त्यहाँबाट हटाइयो। घाइते महिला र बालकलाई अस्पतालमा पठाइयो। पुलिसले दुर्घटनाको कारण पत्तो लगाउन जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा