जुबिन गर्गको मृत्यु मामिलामा तेस्रो दिन पनि सुष्मिता गोस्वामीले दिइन् गवाही
जुबिन गर्गको मृत्यु मामिलामा तेस्रो दिन पनि सुष्मिता गोस्वामीले दिइन् गवाही


गुवाहाटी, 10 सेप्टेम्बर (हि.स.)। जुबिन गर्गको मृत्यु मामिलाको सुनवाईमा प्रवासी असमिया सुष्मिता गोस्वामी लगातार तेस्रो दिन बिहीवार पनि गवाही दिनका लागि अदालतमा उपस्थित भइन्।

सिङ्गापुरबाट अदालतमा गवाही दिन आइपुगेकी सुष्मिता गोस्वामी त्यस याट पार्टीमा उपस्थित थिइन् जहाँ जुबिन गर्गको मृत्यु भएको थियो। भनिन्छ, उनी जुबिन गर्गको अन्तिम क्षणसम्म याट पार्टीमा उपस्थित थिइन्।

सुष्मिता गोस्वामीले याट पार्टीपूर्व र पश्चातका घटनाहरूसित सम्बन्धित भिडियो पनि रेकर्ड गरेकी थिइन्। मामिलाको सुनवाईमा यी घटनाक्रमसित सम्बन्धित जानकारी तथा रेकर्डिङ्गलाई महत्वपूर्ण मानिँदैछ। बिहीवार पनि उनले अदालत समक्ष आफ्नो गवाहीलाई जारी राखिन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande