अरूणाचल प्रदेशलाई भारतबाट छुट्याउने यूएनको मानचित्रमाथि पेमा खाण्डुको आपत्ति
अरूणाचल प्रदेशलाई भारतबाट छुट्याउने यूएनको मानचित्रमाथि पेमा खाण्डुको आपत्ति


इटानगर, 10 सेप्टेम्बर (हि.स.)। संयुक्त राष्ट्रद्वारा हालैमा प्रकाशित एउटा मानचित्रमा अरुणाचल प्रदेशलाई भारतदेकि भिन्नै विवादग्रस्त क्षेत्रको रूपमा देखाइएकोमा राज्यका मुख्यमन्त्री पेमा खाण्डुले कड़ा आपत्ति व्यक्त गरेका छन्। उनले यस चित्रणलाई अस्वीकार्य बताउँदै भने,अरूणाचल प्रदेश भारतको अभिन्न तथा अविभाज्य अङ्ग हो।

खाणडुले भने, अरुणाचल प्रदेशका जनताको पक्षबाट उनी यस किसिमको चित्रणको कड़ा निन्दा गर्दछन्। उनले स्पष्ट पारे, राज्यको भारतदेखि भिन्नै कुनै पहिचान छैन र उसको क्षेत्रीय स्थितिलाई लिएर कुनै पनि प्रकारको गलत चित्रण स्वीकार्य हुनेछैन।

विवाद त्यसबेला उठेको छ जतिबेला संयुक्त राष्ट्रको एउटा मानचित्रमा अरूणाचल प्रदेशलाई भारत र चीनको क्षेत्रीय दाबीबीचज एउटा भिन्नै क्षेत्रको रूपमा देखाइएको छ। मानचित्रमा अक्साई चीनलाई पनि भिन्नै क्षेत्रको रूपमा प्रदर्शित गरिएको छ।

भारतले मानचित्रमा देखाइएका यी विसङ्गतिहरूलाई सम्बन्धित अधिकारीहरू समक्ष उठाएको छ। विदेश मन्त्रालयले स्पष्ट पारेको छ, अधिक सठीक र समानतापूर्ण मानचित्रणसित सम्बन्धित संयुक्त राष्ट्र महासभाको प्रस्तावको समर्थनलाई कुनै विशेष मानचित्रको स्वीकृतिको रूपमा हेरिनु हुँदैन।

उल्लेखनीय छ, विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पनि भनेका छन्, भारतले मानचित्रमा रहेका विसङ्गतिहरूको मुद्दा सम्बन्धित मानिसहरू समक्ष उठाएको छ।

रिपोर्ट अनुसार एक जुलाईमा प्रकाशित मानचित्रमा अरुणाचल प्रदेशलाई असम र चीनको सीमा संलग्न एक स्वतन्त्र राज्यको रूपमा दर्शाइएको थियो। संयुक्त राष्ट्रले अहिलेसम्म रिपोर्टमा उठाइएका यी परिवर्तनलाी लिएर सार्वजनिक रूपमा कुनै स्पष्टिकरण दिएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande