
शोणितपुर (असम), 10 सेप्टेम्बर (हि.स.)। शोणितपुर जिल्लाको रङ्गापारा क्षेत्रमा जङ्गली हात्तीहरूको उत्पात लगातार बढ़्दै गइरहेको छ। गए राती पनि भोजनको खोजीमा आएका जङ्गी हात्तीहरूको बथानबाट छुट्टिएको एउटा हात्ती रङ्गारास्थित सेसा चिया बगानको 12 नम्बर लाइनमा पस्यो।
राती अँंध्यारोमा हत्तीले व्यापक उत्पात मचायो जसले 12 नम्बर लाइन निवासी बुधुवा सावसीको घरलाई भत्काएर क्षतिग्रस्त बनाइदियो। हात्तीको हमलाबाट बुधुवा र परिवारका अन्य सदस्यहरूले भागेर आफ्नो ज्यान बचाए।
घटनापछि स्थानीय मानिसहरूले मिलेर हात्तीलाई त्यहाँबाट लखेटे। यस घटनाको कारणले क्षेत्रको माहोल सन्त्राषपूर्ण भएको छ। स्थानीय मानिसहरूले वन विभागसित जङ्गली हात्तीहरूको बढ़्दो उपद्रवबाट मुक्ति पाउनको लागि स्थायी समाधान खोज्ने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा