
गान्तोक, 10 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले बिहीबार राजधानी नजिक लुम्सेमा नवनिर्मित जनसेवा भवन (मिनी-सचिवालय) को निरीक्षण गरेका छन्।
मुख्यमन्त्रीले आधुनिक, सहज पहुँचयुक्त तथा जनकेन्द्रित प्रशासनिक केन्द्रका रूपमा परिकल्पना गरिएको उक्त भवनबाट सर्वसाधारणले आवश्यक सरकारी सेवाहरू आफ्नै नजिकबाट प्राप्त गर्न सक्ने बताएका छन्। यसले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, उत्तरदायी र सहज बनाउन योगदान पुर्याउने उनले सोशल मिडिया पोस्टमा उल्लेख गरेका छन्।
मुख्यमन्त्री तामाङले सरकार सर्वसाधारणको पहुँचयोग्य, प्रभावकारी र जनमुखी प्रशासन निर्माण गर्न निरन्तर प्रतिबद्ध रहेको बताएका छन्। उनले ‘सुनौलो, समृद्ध र समर्थ सिक्किम’ निर्माणको लक्ष्यअनुरूप प्रशासनिक सेवा तथा सुविधालाई जनताको थप नजिक पुर्याउने कार्यलाई प्राथमिकता दिइएको बताएका छन्।
हिन्दुस्थान समाचार / बिशाल