मुख्यमन्त्री सरमाले आरएसएस प्रमुख मोहन भागवतलाई जन्मदिनको शुभकामना दिए
मुख्यमन्त्री सरमाले आरएसएस प्रमुख मोहन भागवतलाई जन्मदिनको शुभकामना दिए


गुवाहाटी, 11 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शुक्रवार राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) का सरसङ्घचालक डा. मोहन भागवतलाई जन्मदिनको हार्दिक शुभकामना दिए।

सोशल मिडिया पोस्टमा मुख्यमन्त्रीले राष्ट्र निर्माण औ सामाजिक समरसताको निर्माणमा डा. भागवतले पुऱ्याएका योगदानको निम्ति आभार व्यक्त गरे।

डा. हिमन्त बिस्व सरमाले भने, माँ कामाख्या र महापुरूष श्रीमन्त शङ्करदेवको भूमि असमबाट उनी डा.भागवतको सुस्वास्थ्य एवं दीर्घायुको लागि ईश्वरसित प्रार्थना गर्छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande