सर्पले डसेर दश वर्षीय बालकको मृत्यु
सर्पले डसेर दश वर्षीय बालकको मृत्यु


पश्चिम मेदिनीपुर, 11 सेप्टेम्बर (हि.स.)। जिल्लाको दाँतनमा मामाको घरमा सुतिरहेको दश वर्षीय बालकको सर्पले डसेर मृत्यु भयो। मृतकको पहिचान रोनित बेराको रूपमा भएको छ जो बेलदाको जहालदा क्षेत्रको निवासी थियो।

परिवारले बताए अनुसार रोनित जन्मेदेखि नै खण्डरूई गाउँस्थित मामाको घरमा बस्दै आएको थियो। गए बिहीवार राती खेल्दा-खेल्दै उ आफ्नो मामा गौतम बेराको ओछ्यानमा सुत्यो। शुक्रवार बिहान उठाउँदा उसले हातको एउटा औंलीमा तीव्र व्यथा भएको कुरा सुनायो।

शुक्रवार बिहान रोनितले आफन्तहरूसित भन्यो, “मामा, हातमा तीव्र पीड़ा भइरहेको छ।” त्यसपछि आफन्तहरूले उसको औंलीको जाँच गर्दा सर्पले डसेको जस्तो निशान देखे।

तत्कालै उसलाई खण्डरुई अस्पतालमा पुऱ्याइयो। चिकित्सकहरूले लामो समयसम्म उपचार गरे, तर रोनितलाई बचाउन सकेनन्। घटनाको सूचना पाएर दाँतन थानाको पुलिस अस्पतालमा पुग्यो अनि मामिलाको जाँच शुरू गऱ्यो। पुलिसले घटनासित सम्बन्धित आवश्यक जानकारी जुटाउनको साथै बालकको मृत्युको कारण पनि पत्तो लगाउन जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande