
नोएडा, ११ सेप्टेम्बर (हि.स.)। शेयर बजारमा लगानी गराउने नाममा अज्ञात साइबर अपराधीहरूले एक व्यक्तिसँग लाखौँ रुपियाँ ठगी गरेका छन्। पीड़ितको उजुरीका आधारमा पुलिसले मामिला दर्ता गरी अनुसन्धान शुरु गरेको छ।
साइबर अपराधका पुलिस उपायुक्त शैव्या गोयलले ओमप्रकाश सैनीले बिहिवार राति पुलिस थानामा उजुरी दर्ता गराएको जानकारी दिइन्। उनले आफू सेक्टर ११० स्थित लोटस पनाश सोसाइटीमा बस्दै आएको बताएका छन्। गत २ जुलाईमा सामाजिक सञ्जाल मार्फत उनलाई अनलाइन शेयर बजारमा लगानी गर्ने सम्बन्धमा जानकारी प्राप्त भएको थियो। जानकारी दिने व्यक्तिहरूको कुरामा विश्वास गरी उनले अनलाइन लगानी शुरु गरेका थिए।
उनले जुलाई महिनादेखि २० अगस्तसम्म साइबर अपराधीहरूले बताएका विभिन्न खातामा ५० लाख ४२ हजार २९६ रुपियाँ लगानी गरेका थिए। आफ्नो रकम मोबाइल एपमा बढ़िरहेको देखेपछि उनी विश्वस्त भएका थिए।
उनले रकम निकाल्ने प्रयास गर्दा आरोपीहरूले करका रूपमा थप रकम मागेपछि आफू साइबर ठगीमा परेको थाहा पाएको बताए। पीड़ितले बिहिवार राति घटनाबारे पुलिस थानामा उजुरी दर्ता गराएका हुन्।
हिन्दुस्थान समाचार / भवानी थामी