कछार पुलिसको अभियानमा 17 क्विन्टल बर्मीज सुपारी जफत, चार जना समातिए
कछार पुलिसको अभियानमा 17 क्विन्टल बर्मीज सुपारी जफत, चार जना समातिए


कछार (असम), 11 सेप्टेम्बर (हि.स.)। बितेको साँझ कछार पुलिसले अवैध तस्करीविरूद्ध फेरि एकपटक ठूलो सफलता हासिल गर्दै 17 क्विन्टर बर्मीज (म्यानमार) सुपारी जफत गर्नका साथै चार जना तस्करहरूलाई पक्राउ गऱ्यो। उल्लेख्य, पुलिसद्वारा लगातार अभियान सञ्चालन गरिएको भए पनि अहिलेसम्म अवैध तस्करीको व्यापार पूर्ण रूपले बन्द भएको छैैन। एकातिर मादक पदार्थको कालो बजारलाई लिएर चिन्ता बढ़िरहेको छ भने अर्कोतिर बर्मीज सुपारी र सिगरेटको तस्करी पनि सुरक्षाको लागि ठूलो चुनौती बन्दै गइरहेको छ.

यसैबीच कछारमा पुलिसले ठूलो सफलता हासिल गरेको छ। पुलिस सूत्रानसार कछार जिल्लाको बनशकान्दी आउटपोस्ट अन्तर्गत आल्गापुर क्षेत्रको एउटा गोदाममा गुप्त जानकारीको आधारमा खानतलासी गरियो जहाँबाट पुलिसले लगभग 1700 किलो अर्थात 17 क्विन्टल संदिग्ध बर्मीज सुपारी जफत गऱ्यो।

यस तस्करीको मामिलामा चार जना मानिसहरूलाई पक्राउ गरिएको छ। पक्रा पर्ने आरोपीहरूको पहिचान पुलिसले अन्तिम सूचना पाउँदासम्म पनि सार्वजनिक गरेको थिएन। जफत गरिएको अवैध सुपारीको श्रोत पत्तो लगाउन अनि यसमा कुनै ठूलो गिरोह त सामेल छैन, जान्नको लागि पुलिसले जाँच शुरू गरेको छ। जानकारी अनुसार आगामी दिनमा सीमा क्षेत्रमा अवैध चोरी-तस्करीविरूद्ध पुलिसको कारबाही तीव्र हुनक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande