
गुवाहाटी, 11 सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले आगामी नगाउँ लोकसभा उपचुनाउको लागि पूर्व नोकरशाह एवं नगाउँका पूर्व जिल्ला आयुक्त देवाशिष शर्मालाई आफ्नो उम्मेद्वार घोषित गरेको छ। भाजपाको केन्द्रिय चुनाउ समितिले शुक्रवार शर्माको उम्मेद्वारीलाई स्वीकृति दिएपछि बितेका केही दिनदेखिको भइरहेको अड़कलबाजीमाथि पनि विराम लागेको छ।
शर्माले गत 3 सेप्टेम्बरमा सरकारी सेवाबाट स्वैच्छिक सेवानिवृत्ति लिएका थिए भने 8 सेप्टेम्बरमा गुवाहाटीस्थित भाजपाको प्रदेश मुख्यालयमा औपचारिक रूपमा पार्टीको सदस्यता ग्रहण गरेका थिए। त्यसपछिदेखि नै उनले उपचुनाउ लड़्ने सम्भावना व्यक्त गरिँदैथ्यो।
नगाउँ लोकसभा सीट कङ्ग्रेसका दुई पटकसम्म सांसद भएका प्रद्युत बरदलैले राजीनामा दिएको कारणले रिक्त भएको छ। बरदलै पछि भाजपामा सामेले भए। अप्रेल, 2026-मा भएको असम विधानसभा चुनाउमा दिसपुर सीटबाट चुनाउ जितेर विधायक भए।
नगाउँ सीटमा उपचुनाउको लागि मतदान आगामी 6 अक्टोबरमा हुनेछ भने यसको मतगणना 9 अक्टोबरमा हुनेछ। भाजपाका उम्मेद्वारको रूपमा शर्मासित कङ्ग्रेस सहित अन्य दलका उम्मेद्वारहरूले उम्मेद्वारिता गर्नेछन्। कङ्ग्रेसले अहिले आफ्नो प्रत्याशीको नाम घोषणा गरेको छैन भने तृणमूल कङ्ग्रेस र अल इण्डिया यूनाइटेड डेमोक्रेटिक फ्रन्ट (एआईयूडीएफ)भने चुनावी मैदानमा उत्रिसकेका छन्।
शर्माको उम्मेद्वारीलाई लिएर राजनीतिक विवाद पनि भइरहेको छ। कङ्ग्रेस नेता जसमा धुबड़ीका सांसद रकिबुल हुसैन र प्रदेश अध्यक्ष गौरव गोगोई सामेल छन्, ले चुनाउ आयोगसित सम्पर्क गरी शर्माले जिल्ला आयुक्तको कार्याकालमा लिएका फसेलाहरूको स्वतन्त्र अनि उच्चस्तरी जाँच गर्ने माग गरेका छन्। कङ्ग्रेसले उनको जिल्ला निर्वाचन अधिकारीको रूपमा राजनीतिक निष्पक्षतामाथि पनि प्रश्न उठाएको छ। अर्कोतिर भाजपाले उनको उम्मेद्वारीको पक्ष लिँदै भनेको छ, सेवानिवृत्तिपछि कुनै पनि पूर्व सरकारी अधिकारीलाई सक्रिय राजनीतिमा सामेल हुनेमाथि कानूनी रोक छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा