पश्चिम चम्पारममा ब्याङ्क हड़तालले चरमरायो ब्याङ्किङ्ग व्यवस्था, 200 करोड़को व्यापार प्रभावित
पश्चिम चम्पारममा ब्याङ्क हड़तालले चरमरायो ब्याङ्किङ्ग व्यवस्था, 200 करोड़को व्यापार प्रभावित


बेतिया, 11 सेप्टेम्बर (हि.स.)। यूनाइटेड फोरम अफ ब्याङ्क यूनियन्स (यूएफबीयू)- को आह्वानमा शुक्रवार जिल्लाका ब्याङ्क अधिकारी एवं कर्मचारीहरू राष्ट्रव्यापी हड़ातलमा सामेल भए। हड़तालका कारण ब्याङ्क शाखाहरूमा लेनदेन सहित विभिन्न सेवाहरू प्रभावित भए जसले गर्दा ग्राहकहरूलाई असुविधा हुनका साथै पश्चिम चम्पारणमा लगभग 200 करोड़ रुपियाँको ब्याङ्किङ्ग कारोबार प्रभावित भएको अनुमान लगाइएको छ।

हड़ताल अवधि क्षेत्रीय कार्यालयमा आएका हड़तालमा सामेल नरहेका अधिकारीहरूलाई पनि आन्दोलनकारीहरूले प्रवेश गर्न दिएनन्। कार्यालय बाहिर प्रदर्शन गरी कर्मचारीहरूले पाँच दिवसीय ब्याङ्किङ्ग व्यवस्था लागू गर्ने सहित थाँतीमा रहेका मागहरूको समर्थनमा नाराबाजी गरे।

ब्याङ्क अधिकारी शैलेश जायसवाल र रवि केसरीले भने, पाँच दिवसीय ब्याङ्किङ्ग व्यवस्था लागू गर्नेमाथि सहमति भएको दुई वर्षभन्दा अधिक समय बितिसक्दा पनि यो व्यवस्था व्यवहारिक रूपमा लागू गरिएको छैन।

कर्मचारीहरूले न्यायसङ्गत पीएलआई, पेन्शन अपडेटेशन समेत थाँतीमा रहेका सेवा ममिलाहरूलाई चाँड़ै सुल्झाउने माग गरे। आन्दोलनकारीहरूले आईसीआईसी ब्याङ्कको पनि कामकाजलाई बन्द गराए। प्रदर्शनमा शैलेश जायसवाल, रवि केसरी, अनिल तिवारी, ओमप्रकाश मिश्रा, राजकुमार शुक्ला, राहुल कुमार समेत केही ब्याङ्क अधिकारी-कर्मचारीहरू सामेल थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande