बदरीनाथ तप्त कुण्डमा डुबकी लगाउँदा दुई दिदी-बहिनीको मृत्यु
बदरीनाथ तप्त कुण्डमा डुबकी लगाउँदा दुई दिदी-बहिनीको मृत्यु


गोपेश्वर, 11 सेप्टेम्म्बर (हि.स.)। बदरीनाथ धामको महिला तप्त कुण्डमा शुक्रवार डुबकी लगाउने क्रममा दुई दिदी-बहिनी अचानक अचेत भएर मुर्छित परे। पुलिस र एसडीआरएफले दुवैलाई तत्काल बाहिर निकालेर सीपीआर र प्राथमिक उपचार उपलब्ध गराएको भए पनि उनीहरूको ज्यान बच्न सकेन।चिकित्सकहरूले दुवैलाई मृत घोषित गरिदिए।

भर्चुअल थाना पुलिस अनुसार बदरीनाथ धामको महिला तप्त कुण्डमेा डुबकी लगाउँदै गर्दा दुवै महिला अचेत भए। त्यसपछि सूचना पाएर कोतवाली बदरीनाथ पुलिस घटनास्थलमा पुग्यो जहाँ दुवै दिदी-बहिनी महिला तप्त कुण्डको भुँइमा अचेत अवस्थामा थिए। उनीहरूसित यात्रामा आएका मानिसहरूले उनीहरूको पहिचान रामू देवी (71), पत्नी अमर, निवासी भीलवाड़ा, राजस्थान औ प्रेम देवी (लगभग 63), पत्नी मदनको रूपमा गरे।

पुलिस र एसडीआरएफको टीमले दुवैलाई तत्काल प्राथमिक उपचार र सीपीआर दिए। त्यसपछि उनीहरूलाई राजकीय प्राथमिक चिकित्सालय बदरीनाथमा लगियो जहाँ चिकित्सकहरूले जाँच गरेपछि दुवैलाई मृत घोषित गरिदिए। परिवारले पुलिसलाई बतायो, मृतकाद्वय आफ्नै दिदी-बहिनी थिए। पुलिसले आवश्यक औपचारिकता पूरा गरेपछि पोस्टमर्टमको कारबाही शुरू गरेकोछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande