तृणमूल नेताको घरमा विस्फोट, घरको एक भाग ध्वस्त, एकजना घाइते
तृणमूल नेताको घरमा विस्फोट, घरको एक भाग ध्वस्त, एकजना घाइते


दक्षिण 24 परगना, 11 सेप्टेम्बर (हि.स.)। जिल्लाको बारुइपुरमा गए बिहीवार राती एकजना तृणमूल कङ्ग्रेस नेताको घरमा भएको विस्फोटले क्षेत्रमा सन्त्राष फैलिएको छ। घटनामा प्रारम्भिक रूपमा एकजना व्यक्ति घाइते भएको सूचना प्राप्त भएको छ जसलाई उपचारको निम्ति अस्पतालमा भर्ती गरिएको छ।

स्थानीय मानिसहरू अनुसार तृणमूल कङ्ग्रेसका नेता द्विजन मण्डलको घरमा भएको विस्फोटले क्षेत्रमा सन्त्राष फैलिएको छ। विस्फोट अत्यन्त शक्तिशाली थियो जसले गर्दा सम्पूर्ण क्षेत्रमा कम्पन महसूस गरियो। घरको एक भाग पूर्ण रूपले क्षतिग्रस्त भएको छ भने केही पिलरहरू टुक्रा-टुक्रा भएका छन्। झ्याल र ढोकाको भत्किएका टुक्राहरू उछिटिएर लगभग एक सय मीटर टाड़ासम्म पुगेका थिए।

सबैभन्दा ठूलो प्रश्न के छ भने घरभित्र आखिर यस्तो के थियो जसबाट यस्तो शक्तिशाली विस्फोट भयो? विस्फोट भएको सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो। पुलिसले मामिलाको जाँच गरिरहेको छ। भग्नावशेष तथा वरपरका क्षेत्रहरूको गहन जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande