मुख्यमन्त्रीले एबीवीपीका घोषित प्रत्याशीलाई दिए शुभकामना
मुख्यमन्त्रीले एबीवीपीका घोषित प्रत्याशीलाई दिए शुभकामना


नयाँ दिल्ली, 11 सेप्टेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आज दिल्ली विश्वविद्यालय छात्र सङ्घ चुनाउ 2026-27 को लागि अखिल भारतीय विद्यार्थी परिषद (एबीवीपी) द्वारा प्रत्याशी घोषित गरिएका सबै युवा साथीहरूलाई हार्दिक बधाई एवं शुभकामना दिइन्। अखिल भारतीय विद्यार्थी परिषदले अध्यक्ष पदको लागि यश डबास, उपाध्यक्ष पदको लागि इशू मौर्य, सचिव पदको लागि रिया छाबड़ी औ संयुक्त सचिव पदको लागि रूप लक्ष्यराज सिंहलाई प्रत्याशी घोषित गरेको छ।

मुख्यमन्त्रीले सोशल मिडिया अकाउन्ट एक्समा पोस्ट गरी भनिन्, “ज्ञान, शील, एकता” को मन्त्र तथा “छात्रशक्ति, राष्ट्रशक्ति” को भाव बोकेर तपाईहरूले विद्यार्थी हित सम्बन्धी आवाजलाई सशक्त बनाउनुहोस् अनि विद्यार्थी परिषदको गौरवशाली परम्परालाई अगाड़ि बढ़ाउनुहोस्। विश्वास छ, दिल्ली विश्वविद्यालयको युवा शक्तिको अपार समर्थन तपाईहरूले पाउनु हुनेछ।

उल्लेखनीय छ, दिल्ली विश्वविद्यालय छात्र सङ्घ चुनाउको लागि मतदान आगामी 18 सेप्टेम्बरमा अनि परिणामको घोषणा 19 सेप्टेम्बरमा हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande