कङ्ग्रेस नेताको पक्राउलाई लिएर विपक्षको प्रहार, माकपा र तृणमूलले गरे निन्दा
कङ्ग्रेस नेताको पक्राउलाई लिएर विपक्षको प्रहार, माकपा र तृणमूलले गरे निन्दा


कोलकाता, 11 सेप्टेम्बर (हि.स.)। धीरेन्द्र कृष्ण शास्त्रीको तस्वीर जलाएको आरोपमा कङ्ग्रेस नेता अतनु दासलाई शुक्रवार पक्राउ गरिएपछि राज्यको राजनीति तातिएको छ। पक्राउको विरोधमा विपक्षी दलहरूले चर्को प्रतिक्रिया व्यक्त गरेका छन्। कङ्ग्रेससँगसँगै माकपा र कालीघाट तृणमूलका नेताहरूले समेत पुलिसको कारबाहीको आलोचना गरेका छन्।

दक्षिण कोलकाता जिल्ला कङ्ग्रेसका महासचिव अतनु दासलाई धीरेन्द्र कृष्ण शास्त्रीको तस्वीर जलाएर विरोध प्रदर्शन गरेको मामिलामा पक्राउ गरिएको छ। यस कारबाहीको विरोधमा प्रदेश कङ्ग्रेस अध्यक्ष शुभङ्कर सरकारले यसलाई अलोकतान्त्रिक बताउँदै कड़ा निन्दा गरे। उनले यसलाई “फासीवादी आक्रामकता”-को संज्ञा समेत दिए।

माकपा नेता सुजन चक्रवर्तीले पनि पक्राउको आलोचना गर्दै यसलाई अतीतको चर्चित कार्टुनसित जोड़े। उनले भने, वर्तमान मुख्यमन्त्रीले त्यै राजनीतिक मानसिकतालाई प्रेरित गरिरहेका छन् जसान्तर्गत पहिला राजनीतिक कार्टुन साझा गरेको आरोपमा जादवपुर विश्वविद्यालयका प्रोफेसर अम्बिकेश महापात्र र अन्य मानिसहरूविरूद्ध कारबाही गरिएको थियो।

यता कालीघाट तृणमूलका विधायक कुणाल घोषले पनि कङ्ग्रेस नेताको पक्राउको आलोचना गर्दै प्रश्न उठाए, जुन व्यक्तिमाथि बङ्गालीहरूको भावनालाई ठेस पुऱ्याएको आरोप लगाइँदैछ, उसलाई किन पक्राउ गरिएको छैन? यसको सट्टा विरोध प्रदर्शन गर्ने कङ्ग्रेस नेतालाई पक्राउ गरियो।

तथापि तृणमूलको अर्को ठूलो गुटले यस मामिलामा अपेक्षाकृत भिन्नै मन्तव्य राखेको छ। ऋतब्रत गुटका नेता ऋजु दत्ताले भने, दुर्गा पूजा कसरी मनाइन्छ, त्यो कुनै बाबासित सिक्ने आवश्यकता छैन। धीरेन्द्र शास्त्रीको बयानको पहिला नै विरोध गरिसकिएको छ। उनले यो पनि भने, कानूनले आफ्नो काम गर्नेछ। यस मामिलामा पार्टीको पक्षबाट कुनै विशेष टिप्पणी गरिनेछैन।

स्मरण गराइन्छ, धीरेन्द्र कृष्ण शास्त्रीले दुर्गा पूजा अवधि खानपानलाई लिएर दिएको बयानको विरोधमा कङ्ग्रेस नेता र कार्यकर्ताहरूले भवानीपुर थाना सामु उनको तस्वीर जलाएर प्रदर्शन गरेका थिए। त्यसपछि दर्ता मामिलामा अतनु दास सहित केही कङ्ग्रेस नेताहरूविरूद्ध कारबाही गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande