
पूर्व मेदिनीपुर, 11 सेप्टेम्बर (हि.स.)। कोलकातादेखि दिघा घुम्न गइरहेका पर्यटकहरूको वाहन शुक्रवार दुर्घटनाग्रस्त भयो। दिगा-नन्दकुमार 116 बी राष्ट्रिय राजमार्गमा हेंड़िया उदाखाली निकट भएको यस दुर्घटनामा कोलकाताका केही पर्यटकहरू गम्भीर रूपमा घाइते भए।
स्थानीय सूत्र अनुसार शुक्रवार अपरान्ह पर्यटकहरूको वाहन दिघा तर्फ गइरहेको थियो। यसै अवधि चालकले वाहनमाथि आफ्नो नियन्त्रण गुमाएको कारणले अगाड़ि गुड़िरहेको मारूतिको पछाड़ि ठक्कर दियो। ठक्कर लागेपछि पर्यटक वाहनमा सवार धेरै जना पर्यटकहरू घाइते भए।
दुर्घटना भएको सूचना पाउनसाथ स्थानीय मानिसहरू घटनास्थलमा पुगे अनि घाइतेहरूलाई अस्पतालमा पुऱ्याए जहाँ उनीहरूको उपचार भइरहेको छ। दुर्घटनाको कारणले 116बी राष्ट्रिय राजमार्गमा केही समयसम्म यातायात प्रभावित भयो। वाहनहरूको आवागमन नै ठप्प भयो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले दुवै दुर्घटनाग्रस्त वाहनलाई हटाएर यातायातलाई सामान्य बनायो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा