
दुर्गापुर, ११ सेप्टेम्बर (हि.स.)। घरधनी शहर बाहिर गएको मौका छोपेर चोरहरूले बन्द घरको ताला फोड़ेर लगभग चार लाख रुपियाँ नगद, सुनका गरगहना सहित लाखौँ रुपियाँ मूल्यका समान चोरी गरेका छन्। घटना शुक्रवार बिहान दुर्गापुर इस्पातनगरीको बी–जोन स्थित काशीराम दास क्षेत्रमा सार्वजनिक भएको हो।
जानकारी अनुसार, दुर्गापुर इस्पात कारखानामा कार्यरत मन्टु प्रसाद पारिवारिक कामका लागि केही दिनका लागि शहर बाहिर गएका थिए। शुक्रवार बिहान घर फर्किँदा उनले मुख्य ढोकाको ताला फुटेको देखे। घरभित्र प्रवेश गर्दा कोठामा समानहरू छरपस्ट अवस्थामा थिए भने दराज लगायत विभिन्न स्थानमा खोजतलास गरिएका चिन्ह भेटिए।
मन्टु प्रसादले जाँच गरेपछि पुलिसलाई घरबाट लगभग चार लाख रुपियाँ नगद, सुनका गरगहना सहित विभिन्न बहुमूल्य समान चोरी भएको जानकारी दिएका छन्। घटनाको सूचना पाएलगत्तै पुलिसले घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको छ।
पुलिसले आरोपीहरू कुन बाटोबाट घरभित्र प्रवेश गरे र घटनामा कति जना संलग्न थिए भन्ने पत्ता लगाउने प्रयास गरिरहेको छ। चोरी भएका समानको वास्तविक मूल्य समेत आकलन भइरहेको छ।
बन्द घरलाई निशाना बनाएर भएको घटनापछि क्षेत्रमा चिन्ता बढ़ेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी