
जलपाईगुड़ी, 11 सेप्टेम्बर (हि.स.)। जलपाईगुड़ी जिल्ला स्कूलमा विद्यार्थीहरूले प्रधानाध्यापकमाथि कथित रूपमा कुटपिट गरेको घटनालाई स्कूल शिक्षा विभागले गम्भीर रूपमा लिएको छ। घटनाको वास्तविक कारण र परिस्थितिको जाँच गर्नको लागि राज्यका स्कूल शिक्षा मन्त्री दीपक बर्मन शुक्रवार जिल्ला स्कूलहरूको भ्रमण गर्न आएका छन्।
मन्त्रीको भ्रमणपूर्व जिल्ला शिक्षा विभाग तथा प्रशासनका अधिकारीहरू स्कूलमा पुगे। प्राथमिक तथा माध्यमिक शिक्षाका दुवै जिल्ला विद्यालयका निरीक्षकहरू सहित अधिकारीहरूले स्कूलको हल र प्रधानाध्यापकको कक्षको निरीक्षण गरे। सूत्रानुसार मन्त्रीको बैठकको लागि स्थान तथा अन्य व्यवस्थाहरूको जायजा लिइयो।
जानकारी मुताविक मन्त्रीले जलपाईगुड़ी नगरपालिका क्षेत्रका लगभग 20 वटा उच्च माध्यमिक विद्यालयहरूको प्रधानाध्यापक- प्रधानाचार्यहरूसित बैठक गर्नेछन्। यस अतिरिक्त जिल्ला स्कूलका शिक्षकहरूसित भिन्नै बैठक गरी घटनाको कारण बारे जानकारी लिने प्रयास गर्नेछन्। वर्तमान स्कूलको दायित्व निर्वाह गरिरहेका शिक्षकसित पनि मन्त्रीले अलग्गै बातचित गर्न सक्नेछन्।
मिड-डे मिललाई लिएर विवाद भएपछि प्रधानाध्यापकमाथि कुटपिट गरेको घटनाको दोस्रो दिन जिल्ला विद्यालय निरीक्षक (माध्यमिक)-ले स्कूलको निरीक्षण गरेका थिए। यसको रिपोर्ट राज्य शिक्षा विभागलाई पठाइसकिएको छ। भनिन्छ, मन्त्रीले आफ्नो दौड़ाहमा उक्त रिपोर्टलाई पनि ध्यानमा राख्नेछन्।
जिल्ला स्कूलका प्रभारी शिक्षक अनिमेष अधिकारीले बताए, मन्त्रीको भ्रमणलाई लिएर स्कूलमा तयारी तथा व्यवस्थाहरूको जाँच गरिसकिएकोछ। उनले भने, घटना अहिले पनि उनको लागि रहस्य नै भएको छ। भाइरल भिडियोमा देखिएका युवक स्कूलको वर्दीमा नरहेको कुराको पनि उनले उल्लेख गर्दै भने, भिडियोको आधारमा यो स्पष्ट हुनसकेको छैन कि उ स्कूलको छात्र हो वा बाहिरको। यस घटनाको विरोधमा विभिन्न स्कूलहरूका शिक्षकहरूले पनि ऐक्यबद्धता व्यक्त गरेका छन्।
शिक्षकहरूले जिल्लाधिकारी, पुलिस अधीक्षक औ जिल्ला विद्यालय निरीक्षकलाई ज्ञापन सुम्पिएर निष्पक्ष जाँच गर्ने माग गरेका छन्। शिक्षकहरूको माझमा यो प्रश्न पनि उठिरहेको छ, जिल्ला विद्यालय निरीक्षकको जाँच रिपोर्टमा कुन तथ्यलाई उल्लेख गरिएको छ।
यसबीच जलपाईगुड़ी आइपुेका राज्यका वित्त एवं परिवहन विभागीय राज्यमन्त्री आनन्दमय बर्मनले घटनाको निन्दा गर्दै भनेका छन्, शिक्षा विभागले मामिलाको जाँच गरिरहेको छ। शिक्षक-विद्यार्थीहरूमाथ सुमधुर सम्बन्ध कायम राख्न आवश्यक छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा