फेरि पानीले भत्काइदियो दुधियाको ह्यूमपाइप पुल, भाारी वाहनहरूको आवागमन ठप्प
फेरि पानीले भत्काइदियो दुधियाको ह्यूमपाइप पुल, भाारी वाहनहरूको आवागमन ठप्प


सिलगढ़ी, 11 सेप्टेम्बर (हि.स.)। पहाड़ी क्षेत्रमा रातभरि परेको मुसलधारे पानीले गर्दा बालासन नदीको जलस्तर बढ़ेर दुधियाको ह्ययूमपाइप पुल फेरि पानीमा बगेको छ। यसले गर्दा सिलगढ़ीदेखि मिरिक तर्फ जाने भारी वाहनहरूको आवागमनलाई हाल बन्द राखिएको छ। तथापि सिलगढ़ी-मिरिकबीचको सम्पर्क पूर्ण रूपले बाधित भने भएको छैन।

ह्यूमपाइप पुलकै छेउमा सेनाको पहलमा बनाइएको ब्रेली पुल छ जसमार्फत हाल आवागमन भइरहेको छ। भनिन्छ, अबेर राति नदीको जलस्तर अचानक बढ़ेको कारणले ह्यूमपाइप पुललाई पानीले बगायो।

स्मरण गरािन्छ, बितेको वर्ष चार अक्टोबरको दिन पहाड़ी क्षेत्रमा भएको घना वर्षाको कारणले बालासन नदीको जलस्तर बढ़ेर दुधियाको फलामको पुल क्षतिग्रस्त भएको थियो। त्यसपछि तत्कालीन राज्य सरकारको पहलमा 27 अक्टोबरमा ह्यूमपाइप पुल निर्माण गरिएको थियो।

सिलगढ़ी र मिरिकबीच यातायात व्यवस्थालाई सामान्य बनाउनको लागि गत 8 जुलाईमा मुख्यमन्त्री शुभेन्दु अधिाकरीले भर्चुअली ब्रेली पुलको उद्घाटन गरेका थिए। अब ह्यूमपाइप पुल फेरि पनि क्षतिग्रस्त भएको कारणले भारी वाहनहरूको आवागमन पुनः प्रभावित भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande