इरानका राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनमा भाग लिन दिल्ली आइपुगे
ईरान के राष्ट्रपति मसूद पेजेशकियान शुक्रवार को 18वें ब्रिक्स शिखर सम्मेलन में हिस्सा लेने के लिए नई दिल्ली पहुंचे।


नयाँ दिल्ली, ११ सेप्टेम्बर (हि.स.)। इरानका राष्ट्रपति मसुद पेजेश्कियान १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शुक्रवार नयाँ दिल्ली पुगेका छन्। राष्ट्रपति बनेपछि उनको यो पहिलो भारत भ्रमण हो।

पेजेश्कियानले शुक्रवार साँझ प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तामा दुई देशबीच व्यापार विस्तार तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ बनाउने विषयमा छलफल हुने सम्भावना छ।

इरानी राष्ट्रपतिको नयाँ दिल्ली विमानस्थलमा केन्द्रिय बन्दरगाह, पोत परिवहन तथा जलमार्ग राज्यमन्त्री शान्तनु ठाकुरले स्वागत गरे।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत पेजेश्कियानको स्वागत गर्दै भारत र इरानबीच सभ्यतागत सम्बन्ध रहेको बताएका छन्। उनले यी सम्बन्ध जीवन्त सांस्कृतिक आदान-प्रदान तथा जनस्तरको पारस्परिक सम्बन्धबाट जोड़िएको उल्लेख गरेका छन्।

जायसवालले ब्रिक्सका साझेदारका रूपमा भारत र इरानले साझा प्रगति तथा समृद्धिमा योगदान पुर्याउन मिलेर काम गरिरहेको बताए। उनले १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली पुगेका राष्ट्रपति पेजेश्कियानको स्वागतसमेत गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande