बुहारीको हत्याको विरोधमा एसयूसीआईको प्रदर्शन
बुहारीको हत्याको विरोधमा एसयूसीआईको प्रदर्शन


पूर्व मेदिनीपुर, 11 सेप्टेम्बर (हि.स.)। जिल्लाको मयना थाना क्षेत्रको पूर्व दक्षिण मयना गाउँमा गत नौ सेप्टेम्बरको दिन भएको बुहारीको हत्याको विरोधमा एसयूसीआई (कम्युनिस्ट) ले शुक्रवार मयना बजारमा विरोध मार्च निकाल्यो। पार्टीले घटनामा सामेल आऱोपीहरूलाई पक्राउ ग री कड़ा सजाय दिने माग गऱ्यो।

पार्टीद्वारा दिइएको जानकारी अनुसार गत नौ सेप्टेम्बरको दिन पूर्व दक्षिण मयना गाउँमा एकजना बुहारीक हत्या भएको थियो। स्थानीय मानिसहरूले सबैबन्दा पहिला गाउँकै पान बगामा घटना भएको देखेका थिए। घटनाको विरोधमा तथा दोषीहरूलाई सजाय दिलाउने मागमा एसयूसीआई (कम्युनिस्ट) का कार्यकर्ता अनि समर्थकहरूले शुक्रवार मयना बाइपासदेखि मल्लिक रोड मोड़सम्म विरोध मार्च निकाले।

विरोध मार्चमा पार्टीका कार्यकर्ता अनि समर्थकहरू ठूलो सङ्ख्यामा उपस्थित थिए भने मार्चको नेतृत्व जगदीश माइती, सिद्धार्थ शङ्कर राय, सुब्रत बाग, मदन सामन्त समेत अन्य नेताहरूले गरेका थिए।

पार्टी अनुसार घटना भएको दोस्रो दिन पार्टी प्रतिनिधिहरूले मृत बुहारीको परिवारसित भेट गरेका थिए। प्रतिनिधिहरूले परिवारप्रति संवेदना व्यक्त गर्दै घटनाको निष्पक्ष जाँच गरी यसमा सामेल सबै दोषीहरूलाई पक्राउ गरी कड़ा सजाय दिने माग गरे।

यसै मागमा अल इण्डिया महिला सांस्कृतिक सङ्गठन (एआईएमएसएस) को पक्षबाट मयाना थानामा ज्ञापन पनि सुम्पिइयो। सङ्गठनले पुलिससित मामिलाको जाँच गरी घटनामा संलिप्त मानिसहरूलाई पक्राउ गरी कड़ा कारबाही गर्ने माग गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande