टोटोको बढ़्दो दबदबाको विरोधमा मिनी बस चालकहरूको हड़ताल
टोटोको बढ़्दो दबदबाको विरोधमा मिनी बस चालकहरूको हड़ताल


आसनसोल, 11 सेप्टेम्बर (हि.स.)। आसनसोलदेखि दोमहानी आउने-जाने सड़कमा टोटोको बढ़्दो परिचालन तथा हिजोआज हुने समस्याको विरोधमा मिनी बस चालकहरू तथा खलासीहरूले शुक्रवार दोमहानी बजारमा मिनी बस सेवालाई बन्द राखे। चालकहरूले स्पष्ट पारे, जबसम्म टोटोको बढ़्दो प्रभावमाथि लगाम लगाउँदैन तबसम्म मिनी बसहरूको परिचालन बन्द रहनेछ।

मिनी बस सेवा अचानक बन्द भएको खबर फैलिनसाथ क्षेत्रमा कोकोहोलो मचियो। यात्रीहरूलाई विभिन्न समस्याको सामना गर्नुपऱ्यो। सूचना पाएपछि बाराबनी थानाको पुलिस घटनास्थलमा पुगेर मिनी बस चालकहरूलाई सम्झाउने प्रयास गऱ्यो। तथापि चालकहरू आफ्नो मागमा अडिग रहेका छन् भने तत्काल बस सेवा शुरू गर्न तयार छैनन्।

त्यसपछि पुलिसको पहलमा मामिलालाई लिएर भोलि बिहान 10 बजे थानामा बैठक गर्ने निर्णय लिइयो। बैठकमा मिनी बस चालक, बस मालिक तथा टोटो मालिकहरू सामेल रहनेछन्। बैठकमा सड़कमा बढ़्दो टोटो परिचालन, मिनी बस सेवाले भोग्न परिरहेको समस्या एवं यातायात व्यवस्थालाई लिएर चर्चा गरिनेछ।

मिनी बस चालकहरूले भने, बैठकमा समस्याको समाधान गरियो भने मात्र पुनः बस सेवा शुरू गर्ने फसेला लिइनेछ। हाल मिनी बस सेवा बन्द रहेको कारणले आसनसोल-दोमहानी मार्गका यात्रीहरू पनि असमञ्जस्यतामा परेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande