मोदी-पुतिनको वार्तामा पश्चिम एशिया र कालो सागरको द्वन्द्व सहित विभिन्न मुद्दाहरू छलफल
प्रधानमंत्री नरेन्द्र मोदी और रूस के राष्ट्रपति व्लादिमीर पुतिन शुक्रवार को मुलाकात के दौरान


नयाँ दिल्ली, ११ सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स शिखर सम्मेलनको एक दिनअघि शुक्रवार भारत मण्डपममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा भारत–रुस विशेष तथा विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीको प्रगतिबारे समीक्षा गर्दै व्यापार, ऊर्जा, रक्षा, अन्तरिक्ष तथा दुवै देशका जनताबीचको सम्बन्ध लगायत सहयोगका प्रमुख क्षेत्रबारे छलफल भएको छ। वार्तामा पश्चिम एशिया तथा कालो सागर क्षेत्रमा जारी द्वन्द्व सहित क्षेत्रीय तथा विश्वव्यापी विषयहरू पनि प्रमुख रूपमा उठेका छन्।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले सामाजिक सञ्जाल ‘एक्स’ मा जानकारी दिँदै प्रधानमन्त्री मोदी र राष्ट्रपति पुतिनबीच भारत–रुस रणनीतिक साझेदारीका विभिन्न पक्षमा व्यापक छलफल भएको बताएका छन्। दुवै नेताले द्विपक्षीय सहयोगमा भएको प्रगतिको समीक्षा गर्नुका साथै दुवै देशबीचको दीर्घकालीन सम्बन्धका लागि महत्त्वपूर्ण क्षेत्रबारे विचारविमर्श गरेका छन्।

बैठकमा व्यापार, ऊर्जा, रक्षा र अन्तरिक्ष सहयोगका साथै जनस्तरको सम्बन्धलाई पनि प्रमुख क्षेत्रका रूपमा रेखाङ्कित गरियो। दुवै पक्षले यी क्षेत्रमा जारी सहकार्यलाई थप विस्तार गर्ने उपायबारे विचार गरेका छन्।

विदेश मन्त्रालय अनुसार, मोदी र पुतिनले क्षेत्रीय तथा विश्वस्तरमा साझा हितसँग सम्बन्धित विषयमा पनि विचार आदान-प्रदान गरेका छन्। यस क्रममा पश्चिम एशिया र कालो सागर क्षेत्रमा जारी द्वन्द्वबारे पनि छलफल भयो।

प्रधानमन्त्री मोदीले द्वन्द्व समाधानका लागि संवाद र कूटनीति नै अघि बढ्ने मार्ग भएको दोहोर्याउँदै शान्ति स्थापनाका प्रयासमा सहयोग गर्न भारत तयार रहेको बताएका छन्।

प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुतिनबीचको यो भेट भारतको आतिथ्यमा आयोजना भइरहेको १८औँ ब्रिक्स शिखर सम्मेलनको अवसरमा भएको हो। भारतले यस वर्ष ब्रिक्सको अध्यक्षता गरिरहेको छ र सम्मेलन मार्फत लचिलोपन, नवप्रवर्तन, सहकार्य तथा दिगो विकासमा जोड दिइरहेको छ।

/ बिशाल


 rajesh pande