जिला स्कूलमा प्रधानाध्यापकसित कुटपिट मामिलामा कड़ा फसेला, आरोपी विद्यार्थीहरूलाई टीसी दिने निर्देश
जिला स्कूलमा प्रधानाध्यापकसित कुटपिट मामिलामा कड़ा फसेला, आरोपी विद्यार्थीहरूलाई टीसी दिने निर्देश


जलपाईगुड़ी, 11 सेप्टेम्बर (हि.स.)। जलपाईगुड़ी जिल्ला स्कूलका प्रधानाध्यापकसित भएको कथित कुपटिपटको मामिलामा स्कूल शिक्षा मन्त्री दीपक बर्मनले कड़ा कदम उठाउने निर्देश दिएका छन्। मन्त्रीले जिल्ला विद्यालय निरीक्षक (डीआई)-लाई शनिवारसम्ममा घटनामा सामेल विद्यार्थीहरूलाई चिन्हित गरी उनीहरूलाई ट्रान्सफर सर्टिफिकेट (टीसी) दिने निर्देश दिएका छन्।

घटना शिक्षक दिवसको दिन स्कूलमा विशेष भोजनलाई लिएर शुरू भएको विवादपछि भएको थियो। आरोप छ, यसै मुद्दामा प्रधानाध्यापक र विद्यार्थीहरूमाझ बहस भएपछि स्थिति अझ उग्र भएर कुटपिटसम्म पुग्यो। यस घटनामा केही विद्यार्थीहरू घाइते भएको आरोप पनि छ। अर्कोतिर विद्यार्थीहरूको एक समूहको कथित कुटाईमा परी प्रधानाध्यापकको शिरमा चोट लागेको थियो।

मामिलाको जानकारी लिनका लागि स्कूल शिक्षा मन्त्री दीपक बर्मन शुक्रवार जलपाईगुड़ी जिल्ला स्कूलमा पुगे। उनले स्कूल प्रबन्धन समितिसित बैठक गरे। त्यसपछि मन्त्रीले सातौं कक्षामा गएर विद्यार्थीहरूलाई पढ़ाए। कक्षाबाट बाहिरिएपछि घटनामा कथित रूपमा सामेल विद्यार्थीहरूका अभिभावकहरूसित पनि बातचित गरे।

मन्त्रीले जिल्लाका विभिन्न स्कूलहरूका प्रधानाध्यापकहरू तथा स्कूल निरीक्षकहरूसित बैठक गरी घटनामा सामेल विद्यार्थीहरूलाई चिन्हित गरी टीसी दिने निर्देश दिए।

मन्त्रीले यो पनि स्पष्ट पारे, आरोपी विद्यार्थीहरूको भविष्यलाई मध्यनजर गर्दै उनीहरूलाई अन्य स्कूलहरूमा प्रवेश लिनका लागि अनावश्यक समस्या हुनु हुँदैन। यसको लागि सम्बन्धित स्कूल प्रबन्धनलाई आवश्यक सहयोग गर्ने निर्देश दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande