बोबियामा अन्तरराष्ट्रिय सीमानाको छेउमा पाकिस्तानी नागरिक पक्राउ
बोबियामा अन्तरराष्ट्रिय सीमानाको छेउमा पाकिस्तानी नागरिक पक्राउ


कठुआ/हीरानगर, 11 सेप्टेम्बर (हि.स.)। कठुआ जिल्लाको हीरानगर सेक्टरमा अन्तरराष्ट्रिय सीमा (आईबी) को बोबिया क्षेत्रमा सुरक्षा बलहरूले एकजना पाकिस्तानी नागरिकलाई हिरासतमा लिएको छ। सुरक्षा बलहरूले उसलाई जाँचबुझको लागि कब्जामा लिएर उ भारतमा प्रवेश गर्ने परिस्थितिको जाँच गरिरहेका छन्।

प्रारम्भिक जानकारी अनुसार व्यक्तिको पहिचान, भारतमा प्रवेश गर्ने शैली तथा त्यस क्षेत्रमा उपस्थित रहनुको उद्देश्य पत्तो लगाउनको लागि सुरक्षा एजेन्सीहरूले उसलाई जाँचबुझ गरिरहेका छन्। यस मामिलामा सुरक्षा व्यवस्थासित सम्बन्धित पक्षहरूको पनि जाँच गरिंदैछ। हाल सुरक्षा एजेन्सीहरूले हिरासतमा लिइएको व्यक्तिको विस्तृत पहिचान अथवा उ भारतमा प्रवेश गर्नुको उद्देश्य बारे आधिकारिक रूपमा जानकारी साझा गरेका छैनन्। जाँचबुझ तथा अनुसन्धान पूरा भएपछि नै मामिलासित सम्बन्धित अन्य जानकारीहरू स्पष्ट हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande