
पश्चिम बर्दवान, 11 सेप्टेम्बर (हि.स.)। सालानपुर क्षेत्रमा फेरि एकपटक पशु चोरीको घटना घटेको छ। यसपालि चोरहरूले अबेर रातीको सट्टा दिउँसै चार चक्के वाहनमा आएका चोरहरूले घर अगाड़िबाट एउटा गाईलाई चोरेर भागे। घटना सालानपुर थाना क्षेत्रको रूपनारायणपुर फाँड़ी अन्तर्गत पिठाक्यारी क्षेत्रमा भएको बताइएको छ। चोरीको सम्पूर्ण घटनाक्रम क्षेत्रमा रहेको सीसीटीभी क्यामरामा कैद भएको छ। यसको फुटेज सोशल मिडियामा भाइरल भइरहेको छ।
स्थानीय सूत्र अनुसार पिठाक्यारी क्षेत्रमा एउटा घर अगाड़ि केही गाई-गोरीहरू बसिरहेका थिए। यसै अवधि चार चक्के वाहन आएर त्यहाँ रोकियो। केही मानिसहरू वाहनबाट उत्रेर घर अगाड़िबाट गाईलाई समाती बलजफ्ती वाहनमा खाँदे। त्यसपछि चालकले तुरून्त वाहन स्टार्ट गऱ्यो अनि क्षणभरमै उनीहरू सबै भागे। घटना अत्यन्त तीव्र गतिमा भएको कारणले वरपरका मानिसहरूले हस्तक्षेप गर्ने मौका समेत पाएनन्।
दिउँसै घर अगाड़िबाट गाई चोरी भएको घटना फैलिेपछि क्षेत्रका मानिसहरू चिन्तित भएका छन्। स्थानीय मानिसहरूले पशुहरूको सुरक्षासँगसँगै क्षेत्रको कानून व्यवस्थालाई लिएर पनि प्रश्न उठाएका छन्। सीसीटीभी फुटेज सार्वजनिक भएपछि पुलिस जाँचमा जुटेको छ। फुटेजकै आधारमा पुलिसले वाहन र त्यसमा सवार मानिसहरूलाई चिन्हित गर्ने प्रयास गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा