शालबनी जमीन भ्रष्टाचार मामिलामा सुमित राय अदालतमा पेश
शालबनी जमीन भ्रष्टाचार मामिलामा सुमित राय अदालतमा पेश


मेदिनीपुर, 11 सेप्टेम्बर (हि.स.)। शालबनी जमीन भ्रष्टाचार मामिलामा जाँच गर्नको लागि सीआईडी अभिषेक ब्यनर्जीका निजी सहायक सुमित रायलाई हिरासतमा लिन चाहन्छ। शुक्रवार उनलाई कोलकातादेखि मेदिनीपुर अदालतमा ल्याइयो। हाल उनलाई अदालतको लकअपमा राखिएको छ।

प्राप्त जानकारी अनुसार बिहान भवानी भवनदेखि सुमित रायलाई पहिला स्वास्थ्य जाँचको लागि एसएसकेएम अस्पतालमा लगियो। स्वास्थ्य जाँच पूरा भएपछि सीआईडी उनलाई लिएर मेदिनीपुर तर्फ प्रस्थान भयो। अपरान्ह उनलाई मेदिनीपुर अदालतमा पेश गरियो। जाँच एजेन्सीले अदालतसित सुमित रायको 14 दिनको हिरासत माग्ने तयारीमा छ।

सीआईडीले दाबी गरेको छ, शालबनी जमीन भ्रष्टाचार मामिलामा केही प्रश्नहरूको जवाफ अहिले पनि प्राप्त भएको छैन। जाँचमा जमीनसित सम्बन्धित कथित भ्रष्टाचारमा करोड़ौं रुपियाँको वित्तीय लेन-देन भएको सङ्केत देखिएको छ। जाँच अधिकारीहरू यो पत्तो लगाउने प्रयास गरिरहेका छन् कि यति धेरै पैसा कहाँबाट आयो र कहाँ गयो।

जाँचकर्ताहरूको आरोप छ, यति घेरै पैसाको लेन-देनलाई लिएर जाँचबुझ गर्दा सुमित रायले जाँचमा सहयोग गरिरहेका छैनन्। त्यसैले सीआईडीले उनलाई हिरासतमा लिएर अग्रिम जाँचबुझ गर्न चाहन्छ। यो प्रश्न पनि उठिरहेको छ कि यति ठूलो वित्तीय लेन-देनको मामिलामा सुमित रायले कसलाई बचाउने प्रयास गरिरहेका छन्? तथापि यी आरोपहरूको वास्तविक जाँच र अदालतको अग्रिम प्रक्रियामा स्पष्ट हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande