उपस्थिति कम रहेका विद्यार्तीहरूलाई परीक्षामा बस्न दिने मागमा विद्यार्थीहरूले गरे आन्दोलन, उप-प्राचार्यले दिए राजीनामा
उपस्थिति कम रहेका विद्यार्तीहरूलाई परीक्षामा बस्न दिने मागमा विद्यार्थीहरूले गरे आन्दोलन, उप-प्राचार्यले दिए राजीनामा


कोलकाता, 11 सेप्टेम्बर (हि.स.)। निर्धारित उपस्थितिभन्दा कम भए पनि विद्यार्थीहरूलाई परीक्षामा बस्न दिने मागमा गए बिहीवार राती विद्यार्थीहरूद्वारा गरिएको घेराउपछि उप-प्राचार्य मोहम्मदी तरन्नुमले राजीनामा दिएका छन्। शुक्रवार अपरान्ह लगभग 12:30 बजे उनले लिखित राजीनामा हस्ताक्ष गरे। तथापि अपरान्ह एक बजेसम्म विद्यार्थीहरूको विरोध प्रदर्शन कायम रह्यो।

घटनाको शुरुआत गत बुधवारदेखि नै भएको हो। त्यस दिन विद्यार्थीहरूले कलेजमा प्रदर्शन गरेका थिए। उनीहरूको आऱोप छ, चालीस प्रतिशतभन्दा कम उपस्थिति भएको कारणले केही विद्यार्थीहरूलाई परीक्षामा बस्ने अनुमति दिइने छैन। कलकत्ता विश्वविद्यालयको नियम अनुसार परीक्षामा सामेल हुनको लागि निर्धारित उपस्थिति आवश्यक छ। कम उपस्थितिको कारणले केही विद्यार्थीहरूलाई आगामी वर्ष परीक्षा दिन भनिएको छ।

यसै फसेलाको विरोधमा बुधवार विद्यार्थीहरूले कलेज प्रबन्धनसित बैठक गरे। त्यसपछि उनीहरूले कलेज गेट बाहिर प्रदर्शन गरे। एकजना छा6ले आरोप लगाए, कलेजको आधारभूत ढाँची उचित छैन। शिक्षकहरूले नियमित रूपमा कक्षा लिंदैनन्। विद्यार्थीहरूको दाबी छ, यस मामिलाको जानकारी उनीहरूले कलकत्ता विश्वविद्यालयका कुलपतिलाई पनि दिएका थिए।

तथापि कलेज प्रबन्धनले विद्यार्थीहरूको आऱोपलाई पूर्ण रूपले खारेज गरिदिएको छ। प्रबन्धनको भनाइ छ, कक्षाहरूको समय परिवर्तन भएको सम्बन्धमा गत जुलाई महिनामै सूचना कलेजको वेबसाइटमा प्रकाशित गरिएको थियो, विद्यार्थीहरूलाई पनि यसको जानकारी दिइएको थियो। तथापि केही विद्यार्थीहरूको उपस्थित सन्तोषजनक छैन।

यसैबीच गए बिहीवार निर्धारित परीक्षाको लागि फारम भर्ने प्रक्रिया कलेज प्रबन्धनले स्थगित गरिदियो। त्यसपछि विद्यार्थीहरूको विरोध झन् तीव्र भयो। विद्यार्थीहरूले उप-प्राचार्य सहित अन्य कर्मचारीहरू अनि अधिकारीहरूलाई रातभरि घेरेर राखे। विद्यार्थीहरूको माग थियो, उप-प्राचार्यले राजीनामा दिउन् अनि सबै विद्यार्थीहरूलाई परीक्षामा बस्ने अनुमति दिइयोस्। शुक्रवार अपरान्ह लगभग 12 बजे उप-प्राचार्य मोहम्मदी तरन्नुमले लिखित राजीनामा हस्ताक्षर गरे। त्यसपछि विद्यार्थीहरूले भने, “पहिला उनले राजीनामा पत्र ई-मेल गरून्। त्यसपछि हामी प्रदर्शन समाप्त गर्नेछौं।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande