नोएडामा तीन कुख्यात गाड़ी चोर पक्राउ, चोरी गरिएका 18 वटा बाइक जफत
प्रतीकात्मक छवि


नोएडा, ११ सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको गौतमबुद्धनगर जिल्ला अन्तर्गत नोएडाको दादरी थाना पुलिसले शुक्रवार बिहान तीन जना गाड़ी चोरलाई पक्राउ गरेको छ। उनीहरूदेखि विभिन्न स्थानबाट चोरी गरिएका १८ वटा मोटरसाइकल लगायत सवारीसाधन जफत गरिएको छ।

दादरी थानाका प्रभारी निरीक्षक नीरज कुमार मिश्रले दिएको जानकारी अनुसार, सूचनाको आधारमा उपनिरीक्षक तेजवीर सिंहले कलुआ पुत्र लियाकत, नितिन पण्डित पुत्र प्रेमचन्द र अनमोल भारती पुत्र विजेन्द्र कुमारलाई पक्राउ गरेका हुन्। उनीहरूको जानकारीको आधारमा पुलिसले राष्ट्रिय राजधानी क्षेत्रका विभिन्न स्थानबाट चोरी गरिएका १८ वटा मोटरसाइकल र एउटा अवैध चक्कु समेत जफत गरेको छ।

थाना प्रभारी अनुसार, उनीहरूलाई कोट चौकी नजिकबाट पक्राउ गरिएको हो। पक्रा परेका आरोपीहरूले चोरीका मोटरसाइकल ईस्टर्न पेरिफेरल राजमार्ग नजिकको जंगलमा लुकाएर राखेका थिए। उनी अनुसार, पक्रा परेका व्यक्तिहरूले राष्ट्रिय राजधानी क्षेत्रमा सवारी चोरीका दर्जनौँ घटनामा संलग्न रहेको स्वीकार गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande