
कोलकाता, 11 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री शुभेन्दु अधिकारीले शुक्रवार भूदान आन्दोलनका प्रणेता, मानवाधिकार औ अहिंसाका समर्थक तथा भारतरत्न आचार्य विनोबा भावेको जयन्तीमा उनलाई विनम्र श्रद्धाञ्जली दिए। उनले सामाजिक सञ्जालको माध्यमबाट सन्देश जारी गरी विनोबा भावेका योगदान अनि आदर्शहरूलाई स्मरण गरे।
शुभेन्दु अधिकारीले भने, विनोबा भावेको विचारले आज पनि शान्ति, समानता, अहिंसा औ मानवीय मूल्यहरूको दिशामा समाजलाई प्रेरित गर्छ।
विनोबा भावेको जन्म 11 सेप्टेम्बर, 1895-मा महाराष्ट्रको कोङ्कण क्षेत्रस्थित गगोड़े गाउँमा भएको थियो। बाल्यकालदेखि नै आध्यात्मिक चिन्तन र समाज सेवाप्रति उनको झुकाउ थियो। 1916 सालमा उनी महात्मा गान्धीको सम्पर्कमा आए अनिउनका विचारहरूबाट प्रभावित भएर स्वतन्त्रता आन्दोलन तथा रचनात्मक कार्यहरूसित जोड़िए। गान्धीजीले नै उनलाई ‘विनोबा’ नाम दिएका हुन्।
1951 सालमा तेलङ्गानाको पोचमपल्लीबाट उनले भूदान आन्दोलन शुरू गरे। उनले भूमिहीन मानिसहरूलाई जमीन दान गर्ने आह्वान गरे। त्यसपछि उनले लगभग 65 हजार किलोमीटर पदयात्रा गरेर देशभरि नै भूदान र ग्रामदानको सन्देश फैलाए। उनका प्रयासहरूको फलस्वरूप लाखौं एकड़ भूमि दानमा प्राप्त भयो।
विनोबा भावेले भगवद्गीता सहित केही महत्वपूर्ण ग्रन्थहरूको रचना अनि अनुवाद गरेका छन्। उनले आफूलाई मूलत शिक्षक मान्दथे। 15 नोभेम्बर, 1982-मा पवनार आश्रममा उनको निधन भएको थियो.
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा