रङ्गदारी र धोकाधड़ीको मामिलामा दमदमका पूर्व भाइस चेयरम्यान सहित तीन जना पक्राउ
रङ्गदारी र धोकाधड़ीको मामिलामा दमदमका पूर्व भाइस चेयरम्यान सहित तीन जना पक्राउ


कोलकाता, 11 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालको दमदम नगरपालिकाका पूर्व भाइस चेयरम्यान तथा तृणमूल कङ्ग्रेस नेता वरुण नट्टलाई रङ्गदारी र धोकाधड़ीको आरोपमा पुलिसले पक्राउ गरेको छ। उनका निकटवर्ती बताइने नयनाशिस दास उपनाम जनी र सुमन्त घोष उपनाम लाल्टुलाई पनि पुलिसले पक्राउ गरेको छ। पक्रा पर्ने नयनाशिस दमदम नगरपालिकाको तीन नम्बर वार्डकी पूर्व पार्षद पर्णा दासका पुत्र हुन्।

पुलिस सूत्र मुताविग गए बिहीवार दमदम थानामा प्रमोटर सुजय मजुमदारले रङ्गदारी तथा धोकाधड़ीलाई लिएर लिखित सिकायत दर्ता गराएका थिए। सिकायतको आधारमा मामिला दर्ता गरी पुलिसले जाँच शुरू गऱ्यो। त्यसपछि वरूण नट्ट लगायत तीन जना आरोपीहरूलाई उनीहरूको घरबाटै अबेर राती पक्राउ गरियो। पुलिसले उनीहरूमाथि रङ्गदारी, धोकाधड़ी सहित केही धाराहरूमा मुद्दा दर्ता गरेको छ।

पुलिसले तीनै जना आरोपीहरूलाई शुक्रवार ब्यारकपुर अदालतमा पेश गरी अनुसन्धानको लागि दश दिनको हिरासतको माग गर्नेछ। जाँच एजेन्सीहरूले यो पत्तो लगाउने प्रयास गरिरहेका छन् कि रङ्गदारीमा वरुण नट्ट र उनका दुई सहयोगीहरूको सोझो भूमिका थियो कि थिएन। यस अतिरिक्त यस मामिलामा अन्य को-को सामेल छ तथा तथाकथित धोकाधड़ीको माध्यमबाट यदि कुनै आर्थिक लेन-देन भएको छ भने त्यो कसरी भयो, आदिको जाँच गरिरहेको छ।

उल्लेखनीयछ, प्रमोटर सुजय मजुमदारले हालैमा मुख्यमनन्त्री शुभेन्दु अधिकारीको ‘जनता दरबार’ -मा पुगेर सिकायत गरेका थिए। मुख्यमन्त्री समक्ष सिकायत गरिएको मात्र दुई दिनपछि दमदमका पूर्व उपप्रमुख वरूण नट्ट सहित तीन जनालाई पक्राउ गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande