अवैध कल सेन्टरमाथि पुलिसको कारबाही, चार महिला सहित 9 जना पक्राउ
गिरफ्तार महिलाओं को ले जाती पुलिस


सिलगढ़ी, ११ सेप्टेम्बर (हि.स.)। शहरको परिवहन नगर स्थित वेबेल आईटी पार्कमा सञ्चालन भइरहेको अवैध कल सेन्टरमा माटीगाड़ा थाना पुलिसले छापा मारेर चार महिला सहित नौ जनालाई पक्राउ गरेको छ। बिहिवार राति पुलिस बलले आईटी पार्कमा यो अभियान चलायो।

पुलिस सूत्र अनुसार, आईटी पार्कको आड़मा लामो समयदेखि ग्राहक सहायता केन्द्रको नाममा कथित साइबर ठगी तथा अवैध वित्तीय कारोबार सञ्चालन भइरहेको थियो। केन्द्रिय अनुसन्धान ब्युरोको अनुसन्धानसँग सम्बन्धित जानकारी प्राप्त भएपछि पुलिसले यस विषयमा कारबाही अघि बढ़ाएको हो। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै पुलिसले बिहिवारदेखि नै अभियानको तयारी थालेको थियो। सिलगढ़ी पुलिस आयुक्ताल यअन्तर्गतका सबै थानाबाट लगभग दुई सय पुलिसको टोली तयार गरियो, जसमा ठूलो संख्यामा महिला पुलिस समेत थिए।

बिहिवार अबेर राति परिवहन नगर स्थित वेबेल आईटी पार्कमा भएको अभियानको नेतृत्व पूर्व क्षेत्रका पुलिस उपायुक्त चारु शर्मा र सहायक पुलिस आयुक्त रोबिन थापाले गरे। यसैगरी पुलिसको अर्को टोलीले लीचुबागान स्थित वेबेल आईटी पार्कमा पनि तलासी अभियान चलायो। दुवै स्थानमा राति लगभग डेढ़ बजीसम्म तलासी तथा सोधपुछ जारी रहेको थियो।

घटनास्थलबाट ठूलो संख्यामा कागजात, कम्प्युटर तथा विद्युतीय उपकरण जफत गरिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा कथित अवैध वित्तीय कारोबारमा प्रयोग भइरहेका म्यूल र फर्जी बैंक खाताको पहिचान शुरु गरिएको पुलिसले जनाएको छ।

सरकारी पूर्वाधार अन्तर्गत रहेको वेबेल आईटी पार्कमा लामो समयदेखि कथित अवैध गतिविधि कसरी सञ्चालन भइरहेको थियो र यसमा को–को संलग्न छन् भन्नेबारे पुलिसले अनुसन्धान गरिरहेको छ।

पक्रा परेका आरोपीहरूलाई शुक्रवार अदालतमा पेश गरी पुलिस हिरासतमा राख्न माग गरिनेछ। साइबर ठगीको सञ्जाललाई जरैदेखि अन्त्य गर्न अभियान आगामी दिनमा पनि जारी रहने पुलिसले स्पष्ट पारेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande