
कुचबिहार, 11 सेप्टेम्बर (हि.स.)। जिल्लाको दिनहाटा-1 ब्लक अन्तर्गत एक ग्राम पञ्चायत क्षेत्रमा शुक्रवार बिहान एक दम्पत्तिको रगताम्मे शव भेटिएको घटनाले व्यापक खैलाबैला मचिएको छ। मृतकहरूको पहिचान सुकुमार बर्मन र उनकी पत्नी चम्पा रायको रूपमा भेको छ। सुकुमार पेशाले भ्यान चालक थिए।
स्थानीय मानिसहरू अनुसार शुक्रवार बिहान छर-छिमेकले घरभित्र दुवैको शवको शव भुँइमा रगतपच्छे भएर लड़िरहेको देखे। दिनहाटा थानालाई सूचना दिइयो। त्यसपछि एसडीपीओ प्रशान्त देवनाथ र आईसी बुधादित्य रायको नेतृत्वमा पुलिसको टीमले घटनास्थलमा पुगेर शवलाई कब्जामा लिई पोस्टमर्टम गर्नको लागि पठाइदियो।
मृत दम्पत्तिकी टुम्पा रायले बताइन्, बिहान उनले धेरै पटक आफ्नी आमालाई फोन गरिन्, तर फोन कसैले उठाएन। त्यसपछि उनले आफ्नो जेठो छोरोलाई घरमा पठाए। त्यहाँ पुग्दा उसले दुवैलाई रगतपच्छे भएर लड़िरहेको अवस्थामा देख्यो।
स्थानीय सूत्र मुताविक यी दम्पत्तिमाझ प्रायजसो नै पारिवारिक विवाद हुन्थ्यो। तथापि उनीहरूको मृत्यु कुन परिस्थितिमा भएको हो, यो अहिलेसम्म स्पष्ट भएको छैन।
पुलिसले हत्या समेत सबै सम्भापित पाटो र पक्षहरूलाई ध्यानमा राखेर जाँच गरिरहेको छ। पुलिसले दुवै शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा