नाम्ची जिल्लामा विशेष गहन पुनरीक्षणपछि अन्तिम मतदाता संख्या सार्वजनिक, कुल ९,८८३ मतदाता हटाइए
नाम्ची जिल्लामा विशेष गहन पुनरीक्षणपछि अन्तिम मतदाता संख्या सार्वजनिक


नाम्ची, 11 सेप्टेम्बर (हि.स.)। विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रिया सम्पन्न भएपछि नाम्ची जिल्लाअन्तर्गत रहेका सातवटा विधानसभा निर्वाचन क्षेत्रको अन्तिम मतदाता संख्या निर्धारण गरिएको छ।

९- बर्फुङ निर्वाचन क्षेत्रमा एसआईआर प्रक्रियाअघि कुल मतदाता संख्या १६,३७५ रहेको थियो। पुनरीक्षणपछि अन्तिम मतदाता संख्या १५,०५५ कायम भएको छ भने १,३२० मतदाता हटाइएका छन्। यसरी नै १०-पोकलोक-कामराङ निर्वाचन क्षेत्रमा एसआईआरअघि १६,९५३ मतदाता रहेका थिए। एसआईआर प्रक्रिया सम्पन्न भएपछि अन्तिम संख्या १५,७६३ कायम भएको छ। यस निर्वाचन क्षेत्रबाट कुल १,१९० मतदाता हटाइएका छन्।

११-नाम्ची-सिङ्गीथाङ निर्वाचन क्षेत्रमा एसआईआरअघि कुल १३,५३० मतदाता रहेका थिए। पुनरीक्षणपछि अन्तिम संख्या ११,९३९ कायम भएको छ भने १,५९१ मतदाता हटाइएका छन्।१२-मल्ली निर्वाचन क्षेत्रमा एसआईआरअघि १६,२१० मतदाता रहेका थिए। एसआईआरपछि अन्तिम मतदाता संख्या १४,९७५ कायम भएको छ भने १,२२६ मतदाता हटाइएका छन्।

१३-नामथाङ-रातेपानी निर्वाचन क्षेत्रमा एसआईआरअघि कुल १६,५९४ मतदाता रहेका थिए। पुनरीक्षणपछि अन्तिम संख्या १५,१९५ कायम भएको छ भने १,३९९ मतदाता हटाइएका छन्। १४-तिमी-नाम्फिङ निर्वाचन क्षेत्रमा एसआईआर प्रक्रियाअघि कुल १५,५४९ मतदाता रहेका थिए। पुनरीक्षणपछि यो संख्या घटेर १३,७०१ कायम भएको छ। यस निर्वाचन क्षेत्रबाट १,८४८ मतदाता हटाइएका छन्। यसैगरी, १५-राङगाङ-याङगाङ निर्वाचन क्षेत्रमा एसआईआरअघि कुल १५,४४९ मतदाता रहेका थिए। पुनरीक्षणपछि अन्तिम मतदाता संख्या १४,१४० कायम भएको छ भने १,३०९ मतदाता हटाइएका छन्।

यसअनुसार सातवटा विधानसभा निर्वाचन क्षेत्र रहेको नाम्ची जिल्लामा एसआईआर प्रक्रियाअघि कुल १,१०,६५१ मतदाता रहेका थिए। एसआईआर प्रक्रिया सम्पन्न भएपछि अन्तिम मतदाता संख्या १,००,७६८ कायम भएको छ भने नाम्ची जिल्लाबाट कुल ९,८८३ मतदाता हटाइएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande