
पश्चिम बर्दवान, 12 सेप्टेबर (हि.स.)। अण्डाल थाना अन्तर्गत जामप्योर-जामबाद कोलियरी क्षेत्रमा शुक्रवार अपरान्हदेखि बेपत्ता भएका 15 वर्षीय सञ्जीव बाउरीको शव शनिवार बिहान स्थानीय तलाउमा भेटियो। यस घटनाका कारण क्षेत्रमा खैलाबैला मचियो। केही घण्टाको सङ्घर्षपछि सिभिल डिफेन्सको टीमले तलाउबाट शवलाई बाहिर निकाल्यो। घटनापछि मृतकको परिवार गहिरो शोकमा डुबेको छ।
परिवारजन अनुसार सञ्जीव बाउरी गए शुक्रवार काममा जाने कुरा गर्दै साइकल लिएर घरबाट निक्लेका थिए। त्यसपछि उ फर्केर आएन। साँझसम्म पनि छोरा घरमा नआएको कारणले परिवारका सदस्यहरूले सबैतिर खोजतलास गर्नशुरू गरे। वरपरका क्षेत्रहरूमा खोजी गर्दा स्थानीयमानिसहरूले तलाउको छेउमा उनको साइकल र गमछालाई देखे। त्यसपछि परिवारलाई शङ्का लाग्यो कि सञ्जीव तलाउमा झऱ्यो होला। मामिलाको सूचना पुलिसलाई दिइयो।
शनिवार बिहान तलाउमा सञ्जीवको शव देखिएको खबर फैलिनसाथ घटनास्थलमा स्थानीय मानिसहरूको घुइँचो लाग्यो। पुलिसले घटनास्थलमा पुगेर शवलाई तलाउ बाहिर निकाल्नको लागि सिभिल डिफेन्सको टीमलाई बोलायो। टीमका कर्मीहरूले कड़ा सङ्घर्ष गरेर शवलाई बाहिर निकाले।
पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाउने प्रक्रिया शुरू गरेको छ। सञ्जीवको मृत्यु तलाउमा कुन परिस्थितिमा भयो भन्ने कुरा अहिले स्पष्ट हुन सकेको छैन। पुलिसले मामिलाको जाँच गरिरहेको छ। पोस्टमर्टम रिपोर्ट आएपछि नै मृत्युको वास्तविक कारण पत्तो लाग्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा